default_image

7 years ago

February 14, 2019

‘गर या मर’ को अवस्थामा शरदकोे महेन्द्रनगर !

154 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को चौथो दिन आज पनि दुई खेल हुँदै छन् । पहिलो खेलमा सिवाईसी अत्तरिया र रुपन्देही च्यालेन्जर्सबीच प्रतिसप्रर्धा हुने छ । त्यस्तै दोस्रो खेलमा महेन्द्रनगर युनाइटेड र विराटनगर किंग्स खेल्ने छन् । रुपन्देही र अत्तरियाबीचको खेल ९ बजेपछि फाप्ला क्रिकेट मैदानमा सुरु हुने छ ।

अत्तरिया दिपेन्द्रसिंह ऐरी र रुपन्देही वसन्त रेग्मीको कप्तानीमा मैदान उत्रनेछन् । पहिलो खेलमा अत्तरियाले धनगढी स्टार्सलाई ५ रनले हराउँदै विजयी सुरुवात गरेको थियो । रुपन्देहीले सुरुवाती दुइृ खेलमा जित निकालेको छ । आजको खेलमा जित आत्मासात गर्न सके प्ले अफ बलियो बन्ने छ । रुपन्देहीले महेन्द्रनगरलाई २ रनले हराउँदा विराटनगरलाई ५ विकेटले पराजित गरेको थियो । गत वर्ष अत्तरियाले रुपन्देहीलाई ९ विकेटलले हारएको थियो ।

त्यस्तै आजको दोस्रो खेलमा महेन्द्रनगर र विराटनगरबीच दिउँसो १ बजेपछि खेल सुरु हुने छ । शरद भेषवाकर कप्तान रहेका महेन्द्रनगरलाई अघिल्लो चरणको यात्रा कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ । पहिलो खेलमा रुपन्देहीसँग २ रनले हारेको महेन्द्रनगरले दोस्रो खेलमा काठमाडौंसँग ७ रनले पराजित भएको महेन्द्रनगर आजको खेलमा पराजित भए अघिल्लो चरणको संभावनाा अंकगणीतिय मात्र हुने छ ।

यता करण केसी कप्तान रहेको विराटनगर पहिलो खेलमा रुपन्देहीसँग ५ विकेटले पराजित हुँदा दोस्रो खेलमा धनगढीलाई २१ रनले हराउँदै पहिलो जित निकालेको थियो । गत वर्ष महेन्द्रनगरले विराटनगरलाई ३३ रनले पराजित गरेको थियो ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.