default_image

7 years ago

February 14, 2019

दिपेन्द्रको सानदार अर्धशतकसँगै रुपन्देहीलाई १ सय २२ रनको लक्ष्य

142 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – कप्तान दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट अर्धशतक प्रहार गरेपछि तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को सातौं खेलमा सीवाईसी अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई १ सय २२ रनको लक्ष्य दिएको छ ।

फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको अत्तरियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २१ रन बनायो । अत्तरियाका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले सानदार ब्याटिङ गरे । चौथो ओभरमा सुवेन्दु पाण्डे आउट भएपछि मैदान छिरेका दिपेन्द्रले लगातार मैदानमा चौकाको वर्षा गराउँदै ४२ बलमा अर्धशतक पुरा गरेका थिए । सुरुवात देखीनै खुलेर खेलेका दिपेन्द्र १७ ओभरको पाँचौ बलमा बाबर हायतले रन आउट गर्नु अघि ५० बलमा १० चौका र १ छक्का प्रहार गर्दै ६७ रनको महत्वपूर्ण योगदान दिए । जारी डिपिएलमा एकै खेलाडीले एकै इनिङमा बनाएको यो सर्वाधिक रन समेत हो ।

अत्तरियाले पहिलो विकेटको रुपमा ओपनर जयकिशन कोल्सावालाई दोस्रो ओभरको अन्तिम बलमा १ रनमा गुमाएको थियो । त्यस्तै अर्का ओपनर सुवेन्दु पाण्डेलाई चौथो ओभरको तेस्रो बलमा बिक्रम शोवको बलमा बाबर हायतले एक हातले क्याच लिदै १२ रनमा पेभिलिएन फर्काए । पाण्डेले १४ बलमा २ चौका प्रहार गरे ।

तेस्रो विकेटका लागि दिपेन्द्रले रित गौतमसँग ५७ रनको साझेदारी गर्दै इनिंग उकासेका थिए । १३ ओभरको चौथो बलमा रन आउट हुनुअघि गौतमले २० बलमा १२ रनको योगदान दिए । सन्नी पटेल १२, सन्दीप जोरा २, भुवन कार्की शून्य, जितेन्द्रसिंह ठकुरी ३ र कमलसिंह ऐरीले २ रन बनाए ।

रुपन्देहीका लागि ललितसिंह भण्डारीले ४ ओभरमा २३ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । त्यस्तै विक्रम सोबले ३ ओभरमा ११ रन खर्चेर २ विकेट लिए । वसन्त रेग्मी र पुनित मेहराले समान एक-एक विकेट हात पारे ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.