7 years ago
February 14, 2019
धनगढी (हाम्रो खेलकुद) – सीवाईसी अत्तरियाले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) मा रुपन्देही च्यालेन्जर्सलाई ३९ रनले पराजित गर्दै दोस्रो जित दर्ता गरेको छ ।

अत्तरियाको कसिलो बलिङ सामु १ सय २२ रनको लक्ष्य पछ्याएको रुपन्देहीले २० ओभरमा अल आउट हुँदै ८२ रनमा समेटियो । रुपन्देहीका कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न पाएनन् । रुपन्देहीका लागि सुमित महर्जनले सर्वाधिक २२ रन बनाए । महर्जनले २२ बलमा समान एक चौका र छक्का प्रहार गरेका थिए । त्यस्तै बिक्रम शोबले १० बलमा समान १ चौका र छक्का प्रहार गर्दै १४ रनमा आउट भए ।
रुपन्देहीले पहिलो विकेटको रुपमा ओपनर प्रदीप ऐरीलाई पाँचौ ओभरको दोस्रो बलमा १४ रनमा गुमाएको थियो । प्रदीपले १५ बलमा १ चौका र १ छक्का प्रहार गरे । ऐरी आउट भएसँगै रुपन्देहीको विकेट निरन्तर गुम्न पुग्यो । दुवै विदेशी खेलाडी बाबर हायत र पुनित मेहरा शून्यमा पेभिलिएन फर्केपछि रुपन्देही संकटमा परेको थियो । अन्य ब्याट्सम्यान पनि सस्तैमा पेभिलिएन फर्केपछि अत्तरियाले सहज जित हात पारेको हो ।
शीर्षक्रममा सन्दीप सुनार १५,विनोद भण्डारी १०, कृष्ण कार्की २,भिम सार्की र वसन्त रेग्मी समान एक-एक रनमा आउट भए । अत्तरियाका दिपेन्द्र राउतले ४ ओभरमा ९ रन खर्चेर २ विकेट लिए । त्यस्तै भुवन कार्कीले ४ ओभरमा २ मेडन सहित १० रन खर्चेर २ विकेट लिए । सन्नी पटेलले पनि कसिलो बलिङ गर्दै ४ ओभरमा १८ रन खर्चेर २ विकेट हात पारे । त्यस्तै दिपेन्द्रसिंह ऐरीले २ र कमलसिंह ऐरीले नाममा १- १ विकेट रह्यो ।

त्यसअघि फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको अत्तरियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २१ रन बनायो । अत्तरियाका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले सानदार ब्याटिङ गरे । चौथो ओभरमा सुवेन्दु पाण्डे आउट भएपछि मैदान छिरेका दिपेन्द्रले लगातार मैदानमा चौकाको वर्षा गराउँदै ४२ बलमा अर्धशतक पुरा गरेका थिए । सुरुवात देखीनै खुलेर खेलेका दिपेन्द्र १७ ओभरको पाँचौ बलमा बाबर हायतले रन आउट गर्नु अघि ५० बलमा १० चौका र १ छक्का प्रहार गर्दै ६७ रनको महत्वपूर्ण योगदान दिए । जारी डिपिएलमा एकै खेलाडीले एकै इनिङमा बनाएको यो सर्वाधिक रन समेत हो ।
अत्तरियाले पहिलो विकेटको रुपमा ओपनर जयकिशन कोल्सावालाई दोस्रो ओभरको अन्तिम बलमा १ रनमा गुमाएको थियो । त्यस्तै अर्का ओपनर सुवेन्दु पाण्डेलाई चौथो ओभरको तेस्रो बलमा बिक्रम शोवको बलमा बाबर हायतले एक हातले क्याच लिदै १२ रनमा पेभिलिएन फर्काए । पाण्डेले १४ बलमा २ चौका प्रहार गरे ।
तेस्रो विकेटका लागि दिपेन्द्रले रित गौतमसँग ५७ रनको साझेदारी गर्दै इनिंग उकासेका थिए । १३ ओभरको चौथो बलमा रन आउट हुनुअघि गौतमले २० बलमा १२ रनको योगदान दिए । सन्नी पटेल १२, सन्दीप जोरा २, भुवन कार्की शून्य, जितेन्द्रसिंह ठकुरी ३ र कमलसिंह ऐरीले २ रन बनाए ।
रुपन्देहीका लागि ललितसिंह भण्डारीले ४ ओभरमा २३ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । त्यस्तै विक्रम सोबले ३ ओभरमा ११ रन खर्चेर २ विकेट लिए । वसन्त रेग्मी र पुनित मेहराले समान एक-एक विकेट हात पारे ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]