काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डमा अर्को साता सुरु हुने आइसीसी टि ट्वान्टी महिला विश्व कप क्रिकेट अन्तर्गत एसिया कप छनोटका लागि रुविन क्षत्रीको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको बिहीबार घोषणाा भएको छ ।

सोमबारबाट सुरु हुने एसिया कप छनोट चरणका लागि अप्सरी बेगमले पहिलो पटक राष्ट्रिय टोलीमा मौका पाएकी छिन् । बाँकी सबै पुराना खेलाडी हुन् । प्रतियोगितामा नेपालसँगै आयोजक थाइल्यान्ड, चीन, हङकङ, कुवेत, मलेसिया र यूएई रहेका छन् ।
राउण्ड रोविनको आधारमा हुने प्रतियोगितका शीर्ष २ टोली ग्लोबल क्वालिफायरको लागि छनोट हुनेछन् । नेपाली टोली शनिबार थाइल्यान्डतफ जानेछ ।
नेपाली क्रिकेट टोली
१. रुविना क्षेत्री (कप्तान)
२.सीता रानामगर(उपकप्तान)
३.करुणा भण्डारी
४.सरिता मगर
५. नेरी थापा
६.इन्दु बर्मा
७. सोनु खड्का
८.आरती विडारी
९.काजल श्रेष्ठ
१०.रोमा थापा
११.कविता कुवँर
१२.अप्सरी बेगम
१३.ममता कुमारी चौधरी
१४.विन्दु रावल
बैकल्पिक खेलाडी स् रितु कुमारी कनौजिया,सुमन विष्ट,अन्जली चन्द र डोली भट्ट ।
मुख्य प्रशिक्षक – विनोद दास
सहायक प्रशिक्षक – निरा राजोपाध्याय
व्यवस्थापक –अमृता पौडेल
फिजियो –सकुना दानी
नेपालको खेल तालिका
फेब्रुअरी १९ नेपाल विरुद्ध मलेसिया बिहान ९ः३० बजे
फेब्रुअरी २१ थाइल्यान्ड विरुद्ध नेपाल बिहान ९ः३० बजे
फेब्रुअरी २२ युएईं विरुद्ध नेपाल बिहान ९ः३० बजे
फेब्रुअरी २४ नेपाल विरुद्ध हङकङ दिउसो १ः३० बजे
फेब्रुअरी २५ चीन विरुद्ध नेपाल दिउसो १ः३० बजे
फेब्रुअरी २७ नेपाल विरुद्ध कुवेत बिहान ९ः३० बजे