7 years ago
February 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डमा आयोजना हुने आइसीसी महिला एसिया छनोट–२०१९ का लागि नेपाली महिला क्रिकेट टोली आज त्यतर्फ प्रस्थान गरेको छ । एसिया छनोटबाट एक टोलीले सन्२०२० र २०२१ मा हुने टि-२० र एकदिवसीय विश्वकप छनोटमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्यसचिव केशव कुमार विष्ट, पुरुष क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटाले एक कार्यक्रमका बीच बिदाई गरे । प्रतियोगिता थाईल्याण्डमा फेब्रुअरी १८ बाट २७ गतेसम्म आयोजना हुदैछ । प्रतियोगितामा नेपालसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् । नेपालसँगै थाइल्याण्ड, यूएई, हङकङ, मलेसिया, कुवेत र चीनले प्रतियोगितामा सहभागिता जनाएका छन् । प्रतियोगिताका लागि शुक्रबार मात्रै रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय महिला राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको थियो ।
राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव विष्टले सफलताको शुभकामना दिन नेपाली टोलीलाई बिदाई गरे । ‘पछिल्लो समय नेपाली खेलकुदको आशाको बाटो देखाएको छ । विशेष गरी क्रिकेटले राम्रो गरिरहेको छ । महिला क्रिकेट टोलीलाई पनि सफलताको शुभकामना छ,’ सदस्य सचिव विष्टले भने, ‘आइसीसीसँग महिला खेलाडीको पारिश्रमिकको लागि पहल गर्नेछौं । कति हुन्छ भन्न सकिदैन । केही न केही सम्बोधन पक्कै हुनेछ । महिला र पुरुषमा भने विभेद गर्ने छैनौ । महिला र पुरुष क्रिकेट टिमलाई बराबरीकै अवस्थामा लैजानेछौ ।’ उनले पुर्वाधारको समस्या भएपनि सातै प्रदेशमा पिच बनाउने कार्यमा अघि बढिसकेको र क्यान निलम्वन चाँडे फुकुवा हुन सक्ने बताए ।

टिमका मुख्य प्रशिक्षक विनोद दासले समयअवधि छोटो भएपनि राम्रो प्रशिक्षण भएको बताए । ‘प्रशिक्षणमा हामीले पछिल्लोपटक हामी टी– २० स्मासमा भएको कमजोरीलाई सुधार गर्ने प्रयास गरेका छौं । विशेषगरी थाइल्यान्ड र युएईविरुद्धको खेलमा भएको कमजोरीमा नै बढी केन्द्रित छौं,’ प्रशिक्षक दासले भने, ‘कमजोरी अनुसार हामीले प्रशिक्षणमा खेलको अवस्थाअनुसार प्रशिक्षण गरेका छौं । टी–२० स्मासमा हामी उपविजेता बन्दै एक कदम काट्न सकेनौं । यसपटक त्यो खुड्किलो पार गर्ने आशा राखेका छौं ।’ प्रशिक्षक दासले वुमन्स क्रिकेटमा यसरी नै चहल पहल भइरहे ठुलो उपलब्धि हासिल गर्न खासै समय नलाग्ने बताए ।
यता, महिला टिमकी कप्तान रुविना क्षेत्री वेलवासले पछिल्लो डिसेम्वरबाट लगातार क्रिकेटमा रहिरहेका कारण एसिया छनोटमा राम्रो प्रदर्शएन गर्ने बताइन् । उनले टी–२० स्मासमा भएको कमजोरी केलाएको र टिमवर्कका कारण राम्रो नतिजा आउने थपिन् । पुरुष टिमका प्रशिक्षक जगत टमाटाले छनोट हुने सम्भावना बलियो रहेको बताउदै आफ्नो तर्फबाट राम्रो खेल्न आग्रह गरे ।
नेपाली टोली :
रुविना क्षेत्री वेलवासे (कप्तान)
सीता रानामगर (उपकप्तान)
करुणा भण्डारी
सरिता मगर
नेरी थापा
इन्दु बर्मा
सोनु खड्का
आरती बिडारी
काजल श्रेष्ठ
रोमा थापा
कबिता कुवँर
अप्सरी बेगम
ममता कुमारी चौधरी
बिन्दु रावल
मुख्य प्रशिक्षकः बिनोद दास
सहायक प्रशिक्षकःनिरा राजोपाध्याय
म्यानेजरः अमृता पौडेल
फिजियो: सकुना डानी
वैकल्पिक खेलाडी:
रितु कुमारी कनौजिया
सुमन विष्ट
अन्जली चन्द
डोली भट्ट
नेपालको खेल तालिका :
फेब्रुअरी १९ नेपाल विरुद्ध मलेसिया बिहान ८:४५ बजे
फेब्रुअरी २१ थाइल्यान्ड विरुद्ध नेपाल बिहान ८:४५ बजे
फेब्रुअरी २२ युएई विरुद्ध नेपाल बिहान ८:४५ बजे
फेब्रुअरी २४ नेपाल विरुद्ध हङकङ दिउसो १२:४५ बजे
फेब्रुअरी २५ चीन विरुद्ध नेपाल दिउसो १२:४५ बजे
फेब्रुअरी २७ नेपाल विरुद्ध कुवेत बिहान ८:४५ बजे
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]