7 years ago
February 16, 2019
धनगढी (हाम्रो खेलकुद) – तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएलको) दशौं खेल वर्षाका कारण सम्भव नहुँदा महेन्द्रनगर युनाइटेड र धनगढी स्टार्सले पनि १-१ अंक बाडेंका छन् । यससँगै सोमपाल कामी कप्तान रहेको साविक विजेता धनगढी समुह चरणबाटै बाहिरिएको छ ।

बिहीबार राती र शुक्रबार परेको पानीले गर्दा फाप्ला क्रिकेट मैदानमा हिलोको कारण खेल्न नमिलेपछि दुवै टोली अंक बाँड्न बाध्य भए । चार खेलमा ३ मा हार र १ मा अंक बाँडेको धनगढी भने एक खेल अगावै समुह चरणबाटै बाहिरिने पहिलो टिम बन्यो । चार खेलमा मा २ मा हार र २ मा अंक बाँडेको महेन्द्रनगरको झिनो अंक गणितिय संभावना बाँकी रहेको छ ।
त्यस्तै आजको पहिलो खेलमा विराटनगर किंग्स र काठमाडौं गोल्डेन्सले मैदान हिलो भएको कारण १-१ अंक बाँडेका थिए । धनगढी र महेन्द्रनगरले अंक बाँडेपछि शीर्षस्थानमा रहेको काठमाडौं दुई खेल अगाडीनै प्लेअफ पुगेको छ । अब बाँकी दुबै खेल हारेपनि अन्तिम चारमा रहेर काठमाडौं प्ले अफ खेल्नेछ ।
विराटनगर ४ खेलमा १ मा जित र १ मा हार र २ मा अंक बाड्दै ४ अंकका साथ चौथो स्थानमा रहेको छ । त्यस्तै सुरुवाती दुई खेल जितेको सीवाईसी अत्तरिया ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ भने ३ खेलमा २ मा जित र १ मा हारका साथ ४ अंकका साथ रुपन्देही च्यालेन्जर्स तेस्रो स्थानमा रहेको छ ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]