7 years ago
February 17, 2019
एजेन्सी – विश्व चर्चित बिग ब्यासको फाइनल खेलमा आज नेपाली लेगस्पिनर सन्दीप लामिछानेको टोली मेलवर्न स्टार्स र मेलवर्न रेनेगड्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बिहान ९:३० देखी मेलबर्नमा सुरु हुनेछ ।

आरोन फिन्च कप्तान रहेको रेनेगड्समा डायनियल क्रिष्टियन, केन रिरचड्सन, मार्कस ह्यारिस जस्ता स्टार खेलाडी छन् । सन्दीपको मेलवर्नमा मार्कस स्टोइनिस, पिटर हेन्डसकम्व, ग्लेन म्याक्सवेल, ड्वेन ब्राभो, एडम जाम्पा प्रमुख खेलाडी हुन् । यी दुवै टोली पहिलो बिग ब्यास उपाधि जित्ने लक्ष्यसहित मैदान प्रवेश गर्ने छन् ।
सन् २०११ देखि सुरु भएको बिग ब्यासमा मेलवर्न स्टार्स दोस्रो पटक फाइनल खेल्दा रेनेगड्स पहिलो पटक फाइनलमा पुगेको छ । समुह चरणको खेलमा स्टार्सले रेनेगड्सलाई ६ र ७ विकेटले पराजित गरेको थियो । त्यसैले स्टार्स बलियो मनोबलका साथ मैदान प्रवेश गर्दा समुह चरणको बदला लिने सोचका साथ रेनेगड्स मैदान उत्रने छ ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]