7 years ago
February 19, 2019
धनगढी – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को समुह चरणको अन्तिम खेलमा काठमाडौं गोल्डेन्सले सिवाईसी अत्तरियालाई ७६ रनको सामान्य लक्ष्य दिएको छ ।

फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ राजेको काठमाडौंले निर्धारित २० ओभरमा अल आउट हुँदै ७५ रनमा समेटियो । सुरुवाती समय देखीनै सुस्त गतिमा रन जोडेको काठमाडौंले कुनै पनि समय राम्रो रन बनाउन सकेन ।
सुरुवाती १० ओभरमा काठमाडौं २६-२ को कमजोर अवस्थामा थियो । काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले ४९ बलमा २ चौकाको सहयोगमा ३२ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् ।
ज्ञानेन्द्र मल्ललाई १८ औं ओभरको चौथो बलमा रन आउटको शिकार बने । पहिलो विकेटको रुपमा काठमाडौंले दोस्रो ओभरको अन्तिम अनिल कुमार शाहलाई ५ रनमा गुमाएको थियो । अनिललाई भुवन कार्कीले जयशिकन कोल्सावालाबाट क्याच गराए ।
त्यस्तै तेस्रो ओभरको चौथो बलमा गौरभ तोमरलाई सन्नी पटेलले १ रनमा एलपी डब्लू आउट गरेपछि काठमाडौं सुरुवातमै दवावमा परेको थियो । १२ औं ओभरको चौथो बलमा रामनरेश गिरीले भारतीय खेलाडी अंकित दवासलाई १० रनमा बोल्ड गरेपछि काठमाडौं सस्तैमा समेटिने निश्चित जस्तै बनेको थियो ।
कााठमाडौंले १५ ओभरमा मात्र ५३ रन जोडेको थियो । १६ ओभरको अन्तिम बलमा क्याच आउट हुनु अघि योगेन्द्रसिंह कार्कीले १२ बलमा समान एक चौका र छक्का प्रहार गर्दै १३ रन जोडे । सोनु तामाङ १ रन र महबुब आलमले खाता खोल्न सकेनन् ।
अत्तरियाका लागि दिपेन्द्रसिंह ऐरीले २ ओभरमा ४ रन खर्चेर ३ विकेट लिए । त्यस्तै राम नरेश गिरीले ४ ओभरमा २३ रन खर्चिदै २ विकेट लिए । भुवन कार्की र सन्नी पटेलको नाममा समान एक विकेट रह्यो ।
काठमाडौं आजको खेलमा पराजित भएपनि शिर्ष दुईमा रहेर क्वालिफायर खेल्ने छ । अत्तरियालाई सिधैं क्वालिफायरमा स्थान बनाउन आजको खेल जित्नु पर्ने कहि दवाव रहेको छ ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]