default_image

7 years ago

March 6, 2019

सिप्यानको चौथो वार्षिक साधरण सभा सम्पन्न

133 views

0 Bookmark

काठमाडौं – क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) को चौथो वार्षिक साधरण सभा सम्पन्न भएको छ । खेलाडीहरुको हकहीत र कल्यायकारी कार्यकलाई थप प्रभावकारी बनाउन आवश्यक पहल गर्ने निर्णय गर्दै साधारण सभा आज सम्पन्न भएको हो ।

आर्थिक वर्ष २०७४-७५ को वार्षिक प्रगति प्रतिवेदन र तथा भावी योजना महासचिव पारस खड्का तथा वार्षिक आयव्यय विवरण कोषध्यक्ष पृथु बास्कोटाले प्रस्तुत गरेको प्रतिवेदन सभाले सर्वसम्मत रुपमा पारित पनि गरेको छ । सभाले यसअघि कार्यसमितिबाट राजिनामा दिएका सदस्यहरू दीपेन्द्र चौधरी र सुभाष खकुरेलको स्थानमा शक्ति गौचन र ज्योति पाण्डेलाई सर्वसम्मत रूपमा नियुक्त गर्यो ।

सभाले पूर्व खेलाडी वासुदेव थापालाई सिप्यानको तर्फबाट ५० हजार आर्थिक सहयोग गरेको छ । सभाका सभापति सिप्यानका अध्यक्ष मनिष राज पाण्डे, निवर्तमान अध्यक्ष पवन अग्रवाल, प्रमुख प्रशिक्षक जगत टमटा र अप्पार विनय कुमार झालगायतले मन्तव्य राखेका थिए ।

वि.सं २०७३ सालमा स्थापना भएको सिप्यानले नेपाली क्रिकेट खेलाडीको हक हितको लागि काम र आवज उठाउँदै आएको छ । मंगलबार मात्र सिप्यानले एनसीसीएस-सिप्यान क्रिकेट अवार्ड २०१९ आयोजना गर्दै वर्ष क्रिकेट खेलाडी पुरुषमा सन्दीप लामिछाने,वर्ष क्रिकेट खेलाडी महिलामा सिता राना मगर, वर्ष उदीयमान खेलाडीमा रोहित कुमार पौडेल, वर्षको उत्कृष्ट क्रिकेट क्षणका करण केसी र लाइफटाइम एचिभमेन्ट अवार्डबाट कमल पाण्डेलाई सम्मानित गरेको थियो ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.