default_image

7 years ago

March 7, 2019

सन्दीपको दिल्लीले पहिलो आईपीएल उपाधि जित्ने ४ आधार

177 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आईपीएल) आगामी मार्च २३ देखी भारतका विभिन्न सहरमा सुरु हुँदैछ । ८ फ्रेन्चाइच टोली रहेको प्रतियोगितामा होम अवे मैदानमा गरि हरेक टिम एक अर्कासँग २ पटक भिड्नेछन् । डवल राउण्ड रोविनपछि शिर्ष चार टोली प्ले अफमा पुग्ने छन् ।

दिल्ली क्यापिटल्स आईपीएलको सबैभन्दा असफल फ्रेन्चाइज टोलीमा गनिन्छ । सन् २००८ देखि सुरु भएको आईपीएलको ११ औं संस्करण सम्म आइपुग्दा दिल्लीले फाइनल यात्रा तय गर्न सकेको छैन । त्यसैकारण पनि दिल्लीले १२ औं संस्करण अघि आफ्नो नाम, लोगो र जर्सी परिवर्तन गरेको छ । स्वंय दिल्ली पनि यसअघिको प्रर्दशन सम्झन चाहादैन ।

यसअघि जीएमआरसँग शत प्रतिशत स्वामित्वमा रहेको दिल्लीको टोलीमा यस सिजन जीएसडब्लू समुहले आधा स्वामित्व लिएको छ । दिल्लीले सम्भवत हाल सम्मकै उत्कृष्ट र सन्तुलित टोली निर्माण गरेको छ । त्यसैले पनि यस पटक दिल्लीलाई उपाधिको दावेदार रुपमा हेरिएको छ । नाम, लोगो र जर्सी परिवर्तन गरेको क्पापिटल्स भाग्यको बलमा पनि उपाधि जित्नेमा आशावादी छ । दिल्लीले मुम्बई इन्डियन्सँग २४ मार्चमा पहिलो खेल खेल्दै दिल्लीले प्रतियोगितामा पाईला अघि बढाउने छ ।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको हुँदा पनि नेपाली दर्शकले अन्य फ्रेन्चाइज टोलीको तुलनामा दिल्लीलाई विशेष महत्वका साथ हेरेका छन् । अहिलेसम्म फाइनलमा पुग्न नसकेको दिल्लीले १२ औं संस्करणको आईपीएलको उपाधिनै जित्न सक्ने प्रबल सम्भावना छ । दिल्लीले उपाधि जित्न सक्ने यी ४ बलिया आधार पनि छन् ।

४. रबाडा र बोल्टको गति

टि–२० मा पावर प्ले र डेथ ओभरमा बन्ने रन र गुम्ने विकेटले खेलमा निकै प्रभाव पार्ने गर्दछ । पावर प्ले अर्थात पहिलो ६ ओभर भित्र कुनै टिमको सुरुवाती विकेट गुम्छ भने पक्कै त्यो टिम सस्तैमा समेटिने उच्च सम्भावना रहन्छ । अन्तिम ओभरतिर रन कम बन्नेसँगै विकेट गुम्दा तुलानात्नक रुपमा फरक पर्ने गर्दछ । प्रायजसो सुरुवाती र अन्तिमका ओभर तीव्र गतिकै बलरबाट गरिन्छ । यद्यपी पछिल्लो समय स्पिनरहरुले पनि सुरुवातका ओभर फ्याँक्ने गरेको प्रयोग विश्व क्रिकेटमा देख्न थालिएको छ ।

ट्रेन्ट बोल्ट

दिल्लीमा तीव्र गतिका बलरका रुपमा न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र दक्षिण अफ्रिकाका कागिसो रवाडा छन् । यी दुवै खेलाडीले अन्तर्राष्ट्रिय क्षेत्रमा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । जसको फाइदा दिल्लीलाई पुग्नेछ । गत वर्ष बोल्टले १४ खेलमा १८ विकेट लिँदा रवाडाले चोटका कारण प्रतियोगिता नै गुमाए । यस सिजन दुवै बलरले उत्कृष्ट प्रर्दशन गर्दै दिल्लीको उपाधि जित्ने सपना सहज बनाउन सक्छन् ।

३. ओपनिङ जोडी

कुनै पनि टोलीलाई विशाल योगफल तयार पार्न र पुरा गर्न ओपनर जोडीको राम्रो सुरुवात आवश्यक पर्दछ । राम्रो सुरुवात विना विशाल योगफल बनाउन र पूरा गर्न कठिन छ । विश्व क्रिकेटमा बनेका उच्च स्कोरमा सामान्यतया ओपनर जोडीको साझेदारी पनि उत्कृष्ट रहन्छ । दिल्लीमा ओपनरको रुपमा शिखर धवन र पृथ्वी शा रहेका छन् । सनराईजर्स हैदरावाद छाडेर धवन दिल्लीमा आएसँगै दिल्लीको ब्याटिङ झनै बलियो हुनुको साथै ओपनिङ जोडी उत्कृष्ट बन्नेको छ । न्युजिल्यान्डका ओपनर कोलिन मुनरो पनि दिल्लीमै छन् ।

पृथ्वी शा

पछिल्लो समय भारतबाट शिखर र न्युजिल्यान्डबाट मुनरोले लगातार ओपनिङ गर्दै उत्कृष्ट प्रर्दशन गरिरहेका छन् । शिखर धनव टी–२० क्रिकेटमा सन् २०१८ मा सर्वाधिक रन बनाउने खेलाडी हुन् । धवनले सन् २०१८ मा १८ अन्तर्राष्ट्रिय टी–२० खेलमा ६ अर्ध शतक सहित कुल ६८९ रन बनाएक थिए । गत वर्ष हैदरावादबाट धवनले ओपनिङ गर्दै १६ खेलमा ४९७ रन जोडेका थिए । विश्व टी–२० वरियतामा दोस्रो स्थानमा रहेका मुनरोले सन् २०१८ मा न्युजिल्यान्डबाट १२ टी–२० अन्तर्राष्ट्रिय खेलमा १ शतक,४ अर्धशतक सहित १७८.५७ को स्ट्राईक रेटमा कुल ५०० रन बनाएका थिए ।

त्यस्तै भारतलाई यू–१९ विश्वकप जिताएका युवा ओपनर पृथ्वी शा पनि दिल्लीमै छन् । शाले टेस्ट डेब्युमै शतक प्रहार गर्दै सनसनी मच्चाएका थिए । शाको खेल्ने शैलीलाई धेरै विज्ञले भारतीय पुर्व कप्तान सचिन तेन्दुल्करसँग मिल्दो रहेको बताउँछन् । गत वर्ष दिल्लीबाटै डेब्यू गर्दै शाले ९ खेल खेल्दै २४५ रन जोडेका थिए । यी तीन खेलाडी मध्य दुईले ओपनिङ गर्ने छन् । जसले गर्दापनि दिल्लीको ओपनिङ बलियो बन्ने देखिन्छ । ओपनरको उत्कृष्ट प्रर्दशनमा दिल्लीको उपाधि जित्ने सपना साकार हुन सक्छ ।

२. बलियो स्पिन अट्याक

दिल्लीको अर्को बलियो हतियार हो स्तरीय स्पिनर । भारतीय मैदानपनि स्पिनर बलरलाई बढि उपयोगी मानिन्छ । पछिल्लो एक वर्षमा निरन्तर रुपमा विश्वका फ्रेन्चाइज लिगमा उत्कृष्ट प्रर्दशन गर्दै आई रहेका नेपाली लेग स्पिनर सन्दीप लामिछाने दिल्लीका प्रमुख खेलाडी हुन्। अनुभवी स्पिनर अमित मिश्रा र सन्दीपको जोडीले तहल्का पिट्ने अनुमान गरिएको छ ।

सन्दीप लामिछाने

गत वर्ष दिल्लीबाट अन्तिम ३ खेलमा मौका पाएका सन्दीपले ५ विकेट लिँदै सनसनी मच्चाएका थिए । मिश्राले १० खेलमा १२ विकेट लिएका थिए । यी दुवै लेग स्पिनरले आफ्नो गुगालीमा विपक्षी ब्याट्सम्यानलाई सहजै फसाउन सक्छन् । जसको फाइदा दिल्लीलाई पुग्ने छ । दिल्लीले अक्षर पटेललाई पनि अक्सनमा ५ करोड खर्चेर किनेको थियो । भारतीय राष्ट्रिय टोलीबाट खेली सकेका पटेल स्पिन अलराउन्डर हुन् । पटेल आईपीएलमा पनि अनुभवी खेलाडी हुन् । पार्ट टाइमको रुपमा राहुल टेवाटिया पनि राम्रो स्पिनरमा गनिन्छन् । सन्दीप र मिश्रा प्रमुख तथा पटेल र टेवाटिया विकल्पका रुपमा दिल्ली अझ बलियो बनेको छ । जसको कारण उपाधि जित्न सहज हुन सक्छ ।

१. सुदृढ मध्यक्रम

टिमको जित वा हार मध्यक्रमको ब्याटिङ प्रर्दशनमा बढि भर पर्ने गर्दछ । युवा खेलाडी कप्तान श्रेयर ऐर र ऋषभ पन्तले दिल्लीको मध्यक्रम सम्हाल्ने छन् । यी दुई खेलाडीको प्रर्दशन नै दिल्लीले उपाधि जित्ने वा कुन स्थानमा पुग्ने भन्ने बढि निर्भर रहनेछ । यी दुवै खेलाडीले भारतीय टि–२० अन्तर्राष्ट्रियमा डेब्यू गरि सकेका छन् । दुबै ठूला ठूला शट खेल्न माहिर छन् ।

ऋषभ पन्त

पन्तले गत वर्ष दिल्लीबाटै १४ खेलमा १ सय ७० भन्दा माथिको स्ट्राइक रेटमा ब्याटिङ गर्दै कुल ६८४ रन जोड्दै सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा दोस्रो स्थानमा थिए । त्यस्तै श्रेयरले १४ खेलमा ४११ रन जोडे । पन्तले पछिल्लो समय भारतीय टिमबाट टेस्ट, वान डे र टी २० तीनैमा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । यी दुईबाहेक मध्यक्रममा कोलिन इन्ग्राम, अलराउण्डर किमो पाउल, हनुमा विहारी, अक्षर पटेल, राहुल टेवाटिया, हर्षल पटेल जस्ता खेलाडी छन् । जसले गर्दा पनि मध्यक्रम मजबुत देखिन्छ ।

दिल्लीको पूर्ण टोली : श्रेयर ऐर(कप्तान), ऋषभ पन्त, अमित मिश्रा, सन्दीप लामिछाने, शिखर धवन, पृथ्वी शा, आवेश खान, हर्षल पर्टेल, राहुल टेवाटिया, जयन्त यादव, मनजोत कालरा, कोलिन मुनरो, कागिसो रबाडा, ट्रेन्ट बोल्ट, हनुमा विहारी, अक्षर पटेल, इशान्त शर्मा, अन्कुश वेन्स, नाथसिंह, कोलिन इनग्राम, शेरफेन रदरफोर्ड, किमो पल र जलज सक्सेना

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.