7 years ago
March 15, 2019
भुपेन्द्र जिसी, काठमाडौं
त्यो खुसी, त्यो क्षण, नेपाली क्रिकेटकै एक महत्त्वपूर्ण उपलब्धि अर्थात गत वर्ष नेपालले आजकै दिन एक दिवसिय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता प्राप्त गरेको थियो ।

गतवर्ष मार्च १५ कै दिन जिम्बावेमा भएको ओडिआई विश्वकप छनोट अन्तर्गत नेपालले पपुवा न्युगिनिलाई ६ विकेटले पराजित गर्दा र अन्य खेलको नतिजा आफू अनुकुल आएपछि पहिलो पटक चार वर्षको लागि अोडिअाई मान्यता पाएको थियो । वान डे मान्यता पाएको एक बर्षमा नेपालले ६ ओडिआईमा समान ३ मा जित र हार बेहोरेको छ । यसक्रममा नेपालले नेदरल्यान्डसँग २ र युएईसँग ४ खेल खेल्यो ।
अब नेपालको सपना सन् २०२० मा अष्ट्रेलियामा हुने टी–२० विश्वकप, सन् २०२३ हुने एकदिवसिय विश्वकप तथा १०-१५ वर्षमा टेष्ट मान्यता प्राप्त गर्नु हुनेछ । तर अहिले घरेलु संरचना र तयारी हेर्दा टेस्ट मान्यताको कुरा छाडौं चार वर्षको लागि प्राप्त गरेको अोडिअाई मान्यता पनि खोसिने डर छ । जसको लागि उचित तयारी थाल्न ढिला भईसकेको छ ।
एक वर्षमा ६ ओडिआईको नतिजा
ओडिआई क्रिकेटमा नेपालले गत अगस्ट १ मा नेदरल्यान्डसँग डेब्यू गरेको थियो । कमजोर ब्याटिङका कारण नेपाल डेब्यूमै ५५ रनले पराजित भयो । अगस्ट ३ मा नेदरल्यान्डमाथि अन्तिम बलमा १ रनको रोमान्चक जित हात पार्दै २ खेलको श्रृंखला १–१ को बराबरीमा सकायो । जुन ओडिआईमा नेपालको पहिलो जित थियो । त्यस्तै एसिया कप छनोटअन्तर्गत अगस्ट ३० मा नेपाल र युएईबीचको खेलले पनि ओडिआई मान्यता पायो । उक्त खेलमा पनि नेपाल ७८ रनले पराजित भयो ।

गत जनवरी २५ मा तीन खेलको अोडिअाई सिरिजअन्तर्गत पहिलो खेलमै ३ विकेटले पराजित भएको नेपालले उत्कृष्ट पुनरागमन गर्दै सिरिजमा कब्जा जमायो । जनवरी २६ मा भएको दोस्रो ओडिआईमा १ सय ४५ रन र २८ जनवरी तेस्रो खेलमा यूएईलाई ४ विकेटले पराजित गर्दै सिरीज २–१ ले कब्जा गर्यो ।
एक वर्षमा नेपालको सफलता
ओडिआई मान्यता पाएको एक वर्षमा धेरै सफलता र केहि असफलता रह्यो । यूएईसँगको वान डे सिरिज जित्ने देखी लिएर रोहित कुमार पौडेलको कीर्तिमानी अर्धशतकलाई सफलता मान्नुपर्छ । यूएईलाई तीन ओडिआई श्रृंखलामा २–१ ले हराउँदै पहिलो सिरिज जित्नु मुख्य सफलता रह्यो । त्यस्तै पहिलो पटक आईसीसीको ओडिआई वरियतामा समावेश हुनु र यूएईसँगको दोस्रो खेलमा युवा खेलाडी रोहितले ५५ रन बनाउँदै क्रिकेटमा भगवान मानिने सचिन तेन्दुलकरको रेकर्ड तोड्दै अर्धशतक बनाउने कान्छा खेलाडी बन्नु पनि थप सफलता हुन् ।

ओडिआई मान्यता पाएसँगै नेपालले टी–२० अाई मान्यता पनि प्राप्त गर्दै युएईलाई नै २–१ ले हराउँदै पहिलो टी२० सिरीज जित्नु पनि अर्को सफलता मान्नु पर्छ । सोमपाल कामीले एकै खेलमा लिएको पहिलो पाँच विकेट, कप्तान पारस खड्काको विजयी शतक,ज्ञानेन्द्र मल्लको उत्कृष्ट फिल्डिङ ओडिआईका थप उत्कृष्ट क्षण हुन् ।
भावी चुनौती :
नेपाल क्रिकेट संघ (क्यानं) तीन वर्ष यता आईसीसीको निलम्बनमा छ । हरेक कुरा आईसीसीसँग निर्भर रहनु पर्ने नेपालको बाध्यता बनेको छ । वान डे मान्यता पाएको एक वर्ष पुग्दापनि घरेलु मैदानमा सिरिज हुन सकेन । यो नेपाली क्रिकेटका लागि दु:खद पक्ष हो । नेपाली क्रिकेट समर्थक र खेलाडी घरेलु मैदानमा सिरिजको पर्खाईमा छन् । तर,क्यान नहुँदा तत्कालको अवस्थामा नेपालमा सिरिज हुने संभावना छैन । आईसीसी नेपाली क्रिकेटको क्रेज देखेरनै दुई पटक टियू मैदान निरिक्षण गरिसकेको छ । अन्य देशको तुलनामा आईसीसीले नेपाललाई हेर्ने दृष्टकोण पनि सकरात्मक देखिन्छ ।
ओडिआई सिरिजको लागि पहिला टियू क्रिकेट मैदान थप निमार्ण गर्न आवश्यक छ । नेपालमा पहिलो ओडिआई सिरीज गराउनु अहिलेको प्रमुख चुनौती हो । क्यान नभएको अवस्थामा आगमी मे मा इंग्ल्यान्डमा हुन लागेको एक दिवसिय विश्वकप अघि आईसीसीले नेपालमा सिरीज गराउने संभावना देखिदैन । विश्वकप पछि पनि अनिश्चितनै छ ।

यति मात्र होइन,नेपालले एक वर्षमा जम्मा ६ वटा ओेडिआई खेल खेल्यो । औसतमा २ महिनामा १ ओडिआई खेल पर्दछ । नेपालले बर्षमा ६ मात्र नभएर अन्य देशसँग सहकार्य गरेर यो भन्दा बढि खेल्न सक्नुपर्दथ्यो । तर त्यसो हुन सकेन । ६ मध्ये ३ ओडिआईमा नेपाल पराजित भयो । जसको प्रमुख कारण कमजोर ब्याटिङ नै रह्यो । यसमा कसैको दुईमत छैन । हुन त ओडिआई मात्र होईन नेपाल पराजित हुने अधिकांश खेल कमजोर ब्याटिङकै कारण हुने गर्दछ । नेपाली क्रिकेटलाई अब नयाँ उचाई दिन अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षकलाई दिर्घकालीन नियुक्ति दिन आवश्यक छ । अहिलेको नेपाली क्रिकेटको मुख्य आवश्यकता पनि यहि हो । तर क्यान नभएको अवस्थामा यो पहल कसले गर्ने ? आफैंमा प्रश्न छ ।
वर्तमान अवस्थामा अन्तर्राष्ट्रिय खेलको लागि आईसीसीले प्रतियोगिता वा सिरिज हुनु केहि दिन अघि ब्याटिङ प्रशिक्षक पठाउँने गरेको छ । तर १०-१५ दिनमै ब्याटिङ समस्या समधान हुन त के ब्याट्सम्यानको समस्या पत्ता लगाउन पनि कठिन पर्दछ । वान डे मान्यता प्राप्त देशमा एउटा एक दिवसिय वा दुई दिवसियसम्मको प्रतियोगिता हुन सकेको छैन । टी–२० प्रतियोगिताकै भरमा वान डे खेल्न र जोगाई राख्न आफैमा कठिन र चुनौती छ । नेपाली क्रिकेटमा पछिल्लो समय एकपछि अर्को नयाँ खेलाडी आएका छन् । जसको लागि नेपालले ए र बी टिम बनाउँदै प्रतिस्पर्धा अझ बढाउन आवश्यक छ । जसले गर्दा नेपाली क्रिकेट टोली थप बलियो बन्ने छ । तर क्यान नभएको अवस्थामा यो पनि संभव देखिदैन ।
सम्भावना :
नेपाली क्रिकेटको भविष्य उज्वल देखिन्छ । नेपाली खेलाडीले अबको १५ वर्ष भित्र टेस्ट मान्यता पाउने सपना त्यसै देखेका होइनन् । खेलाडीमा त्यो क्षमता छ । विश्व क्रिकेट जगतामा नेपाली खेलाडीले आफ्नो क्षमता देखाउने यो राम्रो अवसर हो । कम्तिमा पनि अझै तीन वर्ष नेपाली क्रिकेटले पछि फर्केर हेर्नुपर्ने छैन । ३ वर्षमानै नेपालले आफ्नो भविष्य सुनश्चित गर्न सक्छ । केन्या जस्तो बन्ने की अफगानिस्तानको रफ्तारमा अघि बढ्ने भन्ने पनि यो तीन वर्षको प्रर्दशनले निर्धारण गर्ने छ ।

टेस्ट राष्ट्र जिम्बाबे,आयरल्यान्ड,अफगानिस्तान साथै एसोसियट टप राष्ट्र नेदरल्यान्ड,स्कटल्यान्ड नेपालमा आएर खेल्न लालायित छन् । तर क्यान नभएको अवस्थामा आईसीसीले व्यवस्थापन,सुरक्षा र मैदानको कारण देखाउँदै नेपालमा खेलाउन मानि रहेको छैन । विश्वकप पछि यी देशसँग आईसीसीले आफ्नै पहलमा नेपालमै सिरिज गराउन सक्ने संभावना छ । नेपालको लक्ष्य अब उच्च स्तरका टिमसँग प्रतिस्पर्धा गर्नु हो । नेपालले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रर्दशन गर्न सके श्रीलंका, बंगलादेश, पाकिस्तान, अफगानिस्तान, वेस्ट इन्डिज, जिम्बाबे, आयरल्यान्ड जस्ता टेस्ट राष्ट्रसँग वान डे र टी२० सिरीज खेल्न सक्ने संभावना पनि आगमी दिनमा त्यतिकै देखिन्छ ।
त्यसअघि नेपाली खेलाडीले आफ्नो प्रर्दशन र आईसीसी वरियतामा भने सुधार गर्न आवश्यक छ । हाल नेपाल वान डे वरियतामा १५ र टी २० वरियतामा १४ औं स्थानमा छ । पछिल्लो समय नेपाली क्रिकेटमा देखा परेका युवा खेलाडीले कमजोर ब्याटिङ समस्या समधान हुने संभावना पनि देखिन थालेको छ ।
खेलाडीहरुको एक्लो प्रयासमा नेपाली क्रिकेट यहाँ सम्म आईपुगेको छ,सम्बन्धित निकाय र जिम्मेवार व्यक्तिहरूले निस्वार्थ भएर अघि बढ्ने हो भने नेपाली क्रिकेट कहाँ सम्म पुग्ला ? सबैले गम्भिर भएर एक पटक सोच्न आवश्यक छ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]