7 years ago
March 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संस्करणको को तेस्रो खेलमा आज नेपाली लेग स्पिनर सन्दीप लामिछानेलेको टिम दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच प्रतिसप्रर्धा हुँदैछ । खेल नेपाली समय अनुसार राति ८:१५ बजे मुम्बई खेलिनेछ ।

आईपीएलमा एक खेलमा ४ जना भन्दा बढि विदेशी खेलाडी खेलाउन पाईदैन । चार विदेशी कोटाभित्र सन्दीपले आफ्नो स्थान सुरक्षित गर्न सक्नुपर्छ । अहिले सम्म फाईनल पुग्न नसकेको दिल्लीको योजना सुखद सुरुवात गर्ने हुने छ । दिल्लीमा विदेशी खेलाडीको रुपमा कोलिन मुनरो, कोलिन इनग्राम, कागिसो रबाडा, ट्रेन्ट बोल्ट, किमो पाउल, क्रिस मोरिस र शेरफेन रदरफोर्ड छन् । मोसिर आजको खेलमा उपलब्ध हुने छैनन् । दक्षिण अफ्रिकाको अन्तिम टी२० खेल आज श्रीलंकासँग भएको हुदाँ उनले पहिलो खेल गुमाउने भएका हुन् । यो खेलपछि मात्र मोरिस दिल्लीको टिममा उपलब्ध हुने छन् । जसको फाईदा सन्दीपलाई पुग्ने छ ।
तीव्र गतिका बलर बोल्ट टोलीमा पर्ने निश्चित जस्तै छ । दिल्लीको तल्लो ब्याटिङ क्रम केहि कमजोर हुँदा कोलिन इनग्राम वा शेरफेन रदरफोडलाई मैदान उतार्न सक्ने संभावना छ । स्पिनरको रुपमा सन्दीप, अमित मिश्रा, अलराउण्डर अक्षर पटेल र हनुमा विहारी छन् । विहारी र पटेल अलराउण्डर कोटामा मौका पाउने छन् । यी दुबै पार्ट टाईम स्पिनर हुन् ।

अनुभवी मिश्रा र पछिल्लो समय उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । सन्दीप र मिश्रामा एकले स्पिनरको रुपमा टोलीमा मौका पाउने सम्भावना प्रबल छ । मिश्रा लामो समय भारतीय टिम बाहिर छन् । पछिल्लो एक वर्षमा क्वारेवियन प्रिमियर लिग,बिग ब्यास हुँदै पाकिस्तान सुपर लगायत थुप्रै अन्तराष्ट्रिय लिगमा उत्कृष्ट प्रर्दशन गर्दै आएका सन्दीप मिश्रा भन्दा पहिलो रोजाईमा पर्ने संभावना उच्च छ ।
दिल्लीले मिश्रा र सन्दीप दुबैलाई मैदान उतार्न सक्ने संभावना पनि उतिनै रहन्छ । गत वर्ष अन्तिम तीन खेलमा यी दुवै बलरलाई दिल्लीले एकै साथ खेलाएको थियो । तर अक्षर पटेलमाथि ५ करोड रुपैयाँ खर्चेका कारण उनले खेल्ने निश्चितप्राय छ ।
दिल्लीले ओपनरको रुपमा सम्भव त शिखर धवन र पृथ्वी शालाई खेलाउने छ । मिडिल अडरमा ऋषव पन्त, श्रेयर ऐर, कोलिन इनग्राम, शेरफेन, हनुमा बिहारी, अक्षर पटेललाई मैदान उतार्न सक्छ । त्यस्तै तीब्र गतिको बलिङ्गमा बोल्ट निश्चत जस्तै बन्दा ईशान्त शर्मा र आवेश खान मध्य एकले टोलीमा मौका पाउने छन् ।
गतवर्ष अन्तिम तीन खेलमा मौका पाएका सन्दीपले ५ विकेट लिएका थिए । जस मध्य अन्तिम खेलमा मुम्बईविरुद्ध ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट हात पारेका थिए । सन्दीपले पछिल्ला एक वर्षमा अन्तर्राष्ट्रिय फेन्चाईज लिगमा उत्कृष्ट प्रर्दशन हेर्दा सन्दीप आजको खेलमा प्लेइङ ११ मा पर्ने संभावना उच्च छ । प्रशिक्षक रिकीं पोटिंगको नजरमा सन्दीप पहिलो नजरमा पर्ने अनुमान गरिएको छ ।
दिल्लीको संभावित प्लेईङ्ग ११ ः शिखर धवन, पृथ्वी शा, श्रेयर ऐर(कप्तान), ऋषव पन्त, कोलिन इनग्राम, शेरफेन रदरफोर्ड, अक्षर पटेल, हर्षल पटेल, सन्दीप लामिछाने, ईशान्त शर्मा र ट्रेन्ट बोल्ट ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]