default_image

7 years ago

March 24, 2019

दिनेशको ह्याट्रिकमा केसीसीको जित

110 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दिनेश आग्रीले ह्याट्रिकसहित उत्कृष्ट अलराउण्ड प्रदर्शन गरेपछि एडिया कान्तिपुर सिटि कलेज (केसीसी) ले गोल्डेन गेट कलेज क्रिकेट लिगको पहिलो दिन जित हासिल गरेको छ ।

किर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा जारी प्रतियोगिताको पहिलो खेलमा एडिया केसीसीले अर्किड इन्टरनेसनल कलेजलाई ५ विकेटले हरायो । टस जितेर ब्याटिङको निम्तो पाएको अर्किडले १६.५ ओभरमा सबै विकेट गुमाउँदै ९० रनमात्र जोड्न सक्यो । केसीसीका दिनेश आग्रीले ह्याट्रिकसहित ४ विकेट लिएपछि अर्किड सामान्य स्कोरमा समेटिएको थियो । अर्किडका सचिन अधिकारीले २८ बलमा ३ चौका र १ छक्कसहित ३० रनको योगदान दिनुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

शीर्षक्रममा हेमन्त ओली १४ र निश्चल अर्याल १६ रन जोडेपनि तल्लोक्रमले राम्रो प्रदर्शन गर्न सकेनन् । अर्किडका दिनेशले १७ औं ओभरको तेस्रो चौथो र पाँचौ बलमा महेश खत्री, चन्द्रकान्त पौडेल र सुमन हुमागाईंलाई लगातार आउट गर्दै ह्याट्रिक लिए । उनले समग्रमा २२ रन खर्चेर ४ विकेट हात पारे । सुवास बुढाले २ तथा नगेन्द्र उपाध्याय, ध्रुब पन्थी र संजय यादवले १-१ विकेट लिए ।

जवाफमा केसीसीले १८.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य प्राप्त गर्यो । दिनेश आग्रीले सातौं नम्बरमा आएर १४ बलमा नटआउट २३ रन जोडेपछि जितसम्म पुगेको थियो । दिनेशले २ चौका र विजयी छक्का प्रहार गरे । विरेन्द्र बम १३ रनमा नटआउट रहँदा ओपनर रमेश भट्टले २२ रनको योगदान दिए । केसीसीका सन्तोष साह ९, नगेन्द्र उपाध्याय ८ र दीपेन्द्र एरि ११ रनमा आउट हुँदा लोकेन्द्र चन्दले खाता खोल्न सकेनन् । सुमन हुमागाईंले २ तथा चन्द्रकान्त पौडेल र विज्ञान गौतमले १-१ विकेट लिए ।

त्यस्तै दोस्रो खेलमा काठमाडौं विश्वविद्यालय (केयु) ले नेपाल बन कलेजमाथि १ सय १७ रनको फराकिलो जित दर्ता गर्यो । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको केयुले दुई अर्धशतकको मदतले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८८ रनको विशाल योगफल तयार पार्यो । केयुका लागि प्रविन रिजाल र दिनेश बुढामगरले अर्धशतक प्रहार गरे ।

ओपनर प्रविनले ५१ बलमा ६ चौकाको मदतले ५१ रन जोडे । उनले दोस्रो विकेटका लागि ५० रन जोडेका दिनेशसँग ९६ रनको साझेदारी गरे । दिनेशले ३७ बलमा ६ चौका र १ छक्कासहित ५० रन जोडे । कप्तान इशान पाण्डेले १४ बलमा ३ चौका र २ छक्कासहित ३२ रन जोड्दा रविन जोशीले १४ रन जोडे । बनका जय साउदले ३ तथा युन्तेन लामाले २ विकेट लिए ।

विशाल लक्ष्य पछ्याउने क्रममा बन कलेज १२.५ ओभरमा ७१ रन जोड्दै अलआउट भयो । बनका लागि अहमदले १८ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । केयुको घातक बलिङसामु ५ ब्याट्सम्यान खाता नखोल्दै पेभेलियन फर्किए । रुपेश श्रीवास्तव र सोमु देवकोटाले २-२ विकेट लिए । नविन यादवले २ तथा अर्पण क्षेत्री र सगर शर्माले १-१ विकेट हात पारे ।

उपत्यकाका १२ कलेज सहभागी प्रतियोगिताको विजेताले २ लाख २२ हजार २ सय २२ तथा उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै म्यान अफ द सिसिजले रु २५ हजार र प्रतियोगिताको उत्कृष्ट ब्याट्स्म्यान र बलरले जनही रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले एक्सटेपको प्रोयाजनमा रु ५ हजार बराबरको जुत्ता प्राप्त गर्नेछन् ।८ दिने प्रतियोगिताका सबै खेलहरु किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिताको अनुमानित लागत रु ३० लाख रहेको छ ।

प्रतियोगिताको उद्घाटन त्रिभुवन विश्वविद्यालयका उपकुलपति तिर्थ खनियाले गरेका थिए । उद्घाटन समारोहमा हिसानका अध्यक्ष रमेश सिलवाल, त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डिल्ली उप्रेतीलगायतको उपस्थिति रहेको थियो ।

सहभागि कलेजहरुलाई चार समुहमा विभाजन गरिएको छ र राउण्ड रोबिन लिगपछि प्रत्येक समुहको प्रथम स्थान ओगट्ने टोली सेमिफाइनल प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल चैत्र १६ गते हुनेछ भने फाइनल चैत्र १७ गतेका लागि तय गरिएको छ ।

समुह क मा अर्किड इन्टरनेशनल कलेज, कान्तिपुर सिटि कलेज (केसीसी) र ट्रिटन इन्टरनेशनल कलेज रहेका छन् भने समुह बी मा काठमाडौं युनिभर्सिटी, नेपाल बन कलेज र त्रि चन्द्र क्याम्पस रहेका छन् । यस्तै समुह सी मा नेपाल कमर्स क्याम्पस, हिमालय कलेज र शंकर देव क्याम्पस रहेका छन् । समुह डी मा गोल्डेन गेट इन्टरनेशनल कलेज, त्रिभुव बिश्वबिद्यालय र ओमेगा इन्टरनेशनल कलेज रहेका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.