7 years ago
March 25, 2019
एजेन्सी – कप्तान आरोन फिन्चले वान डे करियरकै उत्कृष्ट प्रर्दशन गरेपछि पाकिस्तानसँगको दोस्रो वान डे खेलमा अस्ट्रेलिया ८ विकेटले विजयी भएको छ ।

२ सय ८५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४७.५ ओभरमा २ विकेटको क्षतिमा पुरा गर्यो ।
अस्ट्रेलिया को जितमा कप्तान फिन्चले वान डे करियरको १३ औं शतक प्रहार गर्नेक्रममा १ सय ४३ बलमा ११ चौका र ६ छक्का प्रहार गर्दै १ सय ५३ रनमा नट आउट रहे । फिन्चको यो वान डे करियरको उत्कृष्ट प्रर्दशन समेत हो ।
त्यस्तै अर्का ओपनर उस्मान खवाजाले १ सय ९ बलमा ८ चौका प्रहार गर्दै ८८ रनमा क्याच आउट भए । फिन्च र खवाजाले पहिलो विकेटका लागि २ सय ९ रनको साझेदारी गर्दै सहज जित पक्का गरेका थिए । ग्लेन म्याक्सवेल १९ रनमा रन आउट हुँदा शन मार्श ११ रनमा अविजित रहे । पाकिस्तानका लागि यासिर शाहले १ विकेट लिन बाहेक अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् ।
त्यस अघि शारजाह क्रिकेट मैदान यूएईमा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ८४ रन बनाएको थियो । पाकिस्तानका लागि विकेटकीपर मोहम्मद रिजवानले १ सय २६ बलमा ११ चौका प्रहार गर्दै १ सय १५ रन बनाएपनि टोलीको जितको लागि प्राप्त हुन सकेन ।
कप्तान सोएब मालिकले ६०,ह्यारिस सोहेल ३४,उमर अकमल १६,फहिम असरर्फ १४,ईमाद वासिम र शन मसुदले समान १९ रनको योगदान दिए । अस्ट्रेलिया का झेय रिचड्सन र नाथन कुल्टर नाइनले समान दुई विकेट लिए । कप्तान फिन्च, एडम जम्मा र नाथन लायनको नाममा समान एक विकेट रह्यो ।
यस अघि पहिलो खेलमा पनि अस्ट्रेलिया ८ विकेटले विजयी भएको थियो । पाँच वान डे सिरिजमा अस्टे«लियाले २–० को अग्रता लिएको छ । तेस्रो वान डे खेल अगामी २७ मार्चमा हुने छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]