default_image

7 years ago

March 25, 2019

सागरले ६ विकेट लिएपछि त्रिचन्द्र विजयी

155 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर सागर भण्डारीले ६ विकेट लिएपछि त्रिचन्द्र कलेजले गोल्डेन गेट कलेज क्रिकेट लिग अन्तर्गत दोस्रो दिनको खेलमा नेपाल बन कलेजमाथि ८९ रनको फराकिलो जित दर्ता गरेको छ ।

सागर भण्डारी

ओपनर दिलिप नाथ र पुरन विकको आक्रमण ब्याटिङमा टस जितेर पहिलो ब्याटिङ रोजेको त्रिचन्द्रले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७३ रन जोडेको थियो । त्रिचन्द्रका लागि ओपनर दिलिपले २३ बलमा समान ३ चौका र छक्काको मदतले ४२ रनको योगदान दिए । प्रज्वल शाहीले २५ बलमा ४ चौका र १ छक्कासहित ३५ रन जोडे । पुरन ४५ रनमा नटआउट रहे । उनले ३५ बलको सामना गर्दै ५ चौका प्रहार गरे । बन कलेजका लागि पाल्देन लामा, युन्तेन लामा र प्रसिद्धले १-१ विकेट लिए ।

जवाफमा म्यान अफ द म्याच सागर भण्डारी एक्लैले ६ विकेट लिएपछि बन कलेज १९ औं ओभरमा मात्र ८४ रन जोड्दै अलआउट भयो । जय साउदले सर्वाधिक १४ रन जोड्दा अहमद र छेदुप लामाले १२-१२ रनको योगदान दिए । सागरले बन कलेजका शीर्ष ३ विकेट लिँदै १८ औं ओभरमा पनि ३ विकेट लिएका थिए । उनले ३ ओभरमा १ मदन राख्दै ९ रनमात्र खर्चिए। यसबाहेक इर्शाद अहमद, दिलिप नाथ, सोहन यादव र पुरन विकले १-१ विकेट लिए । लगातार दोस्रो हार बेहोरेको बन कलेज समूह चरणबाट नै बाहिरिएको छ ।

पुरन विक

त्यसअघि दिनको पहिलो खेलमा हिमालयन कलेजले अन्तिम दुई ओभर उत्कृष्ट प्रदर्शन गर्दै गोल्डेन गेट कलेज क्रिकेट लिग ट्वान्टी ट्वान्टीमा नेपाल कमर्स क्याम्पस (एनसीसी) लाई १२ रनले पराजित गर्यो  । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको रोमाञ्चक खेलमा टस हारि पहिलो बलिङ्ग गरेको एनसिसिका लागि भुवन कार्कीको उत्कृष्ट बलिङ्ग गर्दै तीन विकेट लिएपछि हिमालयनलाई २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३६ रनमात्र बनाउन सक्यो ।

ओपनर अमित श्रेष्ठ र शुशान्त तिमल्सिनाले एनसिसिलाई उत्कृष्ट शुरुवात दिलाउने क्रममा पहिलो विकेटका लागि ११ ओभरमा ७१ रन जोडेका थिए । तर अमितको विकेट पतन भएपसँगै एनसिसिको इनिङ्गस लडखडाउन पुग्यो । अन्तिम १२ बलमा २३ रनको आवश्यकता रहेको स्थितिमा एनसिसिले १९ ओभरमा ८ रनमात्र जोड्न सक्यो । अन्तिम ओभरमा अविराज रोयले कसिलो बलिङ्ग गर्दै दुई रनमा दिएपछि हिमालयनले सनसनीपूर्ण जित हात पार्यो ।

एनसीसीले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २४ रनमात्र जोड्न सक्यो । एनसीसीका अमित श्रेष्ठले ३५ बलमा सात चौका र एक छक्काको मद्दतमा ४६ रन बनाए । शुशान्तले ४० बलमा एक चौका प्रहार गर्दै २७ रन बनाए । बसन्त खत्रीले १७ बलमा एक छक्का प्रहार गर्दै २२ र बनाए भने अन्य खेलाडीहरुले उल्लेखनीय योगदान गर्न सकेनन् । हिमालयनका लागि मयंकले सर्वाधिक दुई विकेट लिएका थिए ।

रुपेश सिंग

त्यसअघि पहिलो ब्याटिङ्ग गरेको हिमालयनले पनि ठोस शुरुवात गर्दै पहिलो विकेटका लागि सात ओभर भित्र ४६ रन जोडेको थियो । तर भुवनले कसिलो बलिङ्ग गरेपछि हिमालयन रोकिएको थियो । अनुभवी स्पिनर भुवनले चार ओभरमा १९ रन खर्चदै तीन विकेट लिएका थिए । हिमालयनका लागि ओपनर दिनेश अधिकारीले २३ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै २७ रन बनाए ।

यस्तै पंकज दासले २० बलमा दुई छक्का र एक चौकाको मद्दतमा २२ रन बनाएका थिए । म्यान अफ द म्याच रुपेश सिँह (१८), अश्चल चौधरी (१८) र सुमन गहतराजले १७ रन बनाएका थिए । पवन कार्कीले पनि एनसिसिका लागि दुई विकेट लिएका थिए ।

युनिभर्सिटी क्रिकेट क्लबको योजनामा जारि प्रतियोगितामा १२ कलेज सहभागी छन् । विजेताले २ लाख २२ हजार २ सय २२ तथा उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै म्यान अफ द सिसिजले रु २५ हजार र प्रतियोगिताको उत्कृष्ट ब्याट्स्म्यान र बलरले जनही रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले एक्सटेपको प्रोयाजनमा रु ५ हजार बराबरको जुत्ता प्राप्त गर्नेछन् ।८ दिने प्रतियोगिताका सबै खेलहरु किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिताको अनुमानित बजेट ३० लाख रुपैयाँ रहेको छ ।

सहभागि कलेजहरुलाई चार समुहमा विभाजन गरिएको छ र राउण्ड रोबिन लिगपछि प्रत्येक समुहको प्रथम स्थान ओगट्ने टोली सेमिफाइनल प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल चैत्र १६ गते हुनेछ भने फाइनल चैत्र १७ गतेका लागि तय गरिएको छ ।

समुह क मा अर्किड इन्टरनेशनल कलेज, एडिया कान्तिपुर सिटि कलेज (केसीसी) र ट्रिटन इन्टरनेशनल कलेज रहेका छन् भने समुह बी मा काठमाडौं युनिभर्सिटी, नेपाल बन कलेज र त्रि चन्द्र क्याम्पस रहेका छन् । यस्तै समुह सी मा नेपाल कमर्स क्याम्पस, हिमालय कलेज र शंकर देव क्याम्पस रहेका छन् । समुह डी मा गोल्डेन गेट इन्टरनेशनल कलेज, त्रिभुव बिश्वबिद्यालय र ओमेगा इन्टरनेशनल कलेज रहेका छन् ।

मंगलबारको खेल :
केसीसी विरुद्ध ट्रीटन – ९ बजे
ओमेगा विरुद्ध टियू – १ बजे

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.