7 years ago
March 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ब्रम्हास्मी कलेज समूह ‘ए’ को विजेता बन्दै राजधानीमा जारी टडिज प्लस टु टि–२० क्रिकेट लिगमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार मुलपानी क्रिकेट मैदानमा भएको अन्तिम लिग खेलमा ब्रम्हास्मीले बेलोर कलेजमाथि १ सय ५० रनको फराकिलो जित निकाल्दै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो ।
२ सय ३९ रनको विशाल लक्ष्य पछ्याउने क्रममा बेलोर १५ ओभर ५ बलमा ८९ रनमा समेटियो । बेलोरका आकाश चन्दले २० रन र निकेश खत्रीले १४ रन जोडे । ब्रम्हास्मीका सुवास बिकले ३ तथा अजय बिक्रम अधिकारीले २ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको ब्रम्हास्मीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३८ रनको विशाल योगफल तयार पारेको थियो । प्रतियोगिताकै उच्च स्कोर जोड्ने क्रममा ब्रम्हास्मीका विपिनविक्रम शाहीले ६० रन जोडे । आइस भट्टराईले ५० रनको तथा महेश रानाले ३२, अर्जुन गिरीले २५ र सुवास विकले ३१ रनको योगदान दिए । सुमन तिमिल्सिना, निकेश खत्री, बिबेक न्यौपाने र केशर हुमागाईले समान १–१ विकेट लिए ।
सोमबारै भएको अर्काे खेलमा गोल्डेनगेट कलेजले मोर्गन कलेज लाई ९४ रनले पराजित गरेको छ । १ सय ६५ रनको लक्ष्य पच्छया्उदै जवाफी ब्याटिङमा उत्रेको मोर्गन कलेजले २० ओभरमा सबै विकेट गुमाएर ७० रनमात्रै जोड्न सक्यो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]