default_image

7 years ago

March 26, 2019

चेन्नईविरुद्ध पनि सन्दीप प्लेइङ ११ मा परेनन्

158 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को पाँचौ खेलमा चेन्नई सुपर किंग्सविरुद्ध टोलीको प्लेइङ ११ मा परेका छैनन् ।

दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा टस जितेर दिल्ली क्यापिटल्सले पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । कप्तान श्रेयर ऐरले बुझाएको प्लेइङ ११ को सुचिमा सन्दीपको नाम अटाएको छैन । चेन्नईले टस हारेर बलिङको निम्तो पाएको छ । दिल्लीले पहिलो खेलको तुलनामा एक खेलाडी मात्र परिवर्तन गरेको छ । ट्रेन्ट बोल्टको स्थानमा दिल्लीले अमित मिश्रालाई मौका दिएको छ ।

दिल्लीको प्लेइङ ११ : शिखर धवन, पृथ्वी शा, श्रेयस ऐर(कप्तान), ऋषभ पन्त, कोलिन इनग्राम, किमो पल, अक्षर पटेल, राहुल टेवाटिया, कागिसो रबाडा, ईशान्त शर्मा र अमित मिश्रा ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.