default_image

5 years ago

March 26, 2019

दिल्लीको मध्यम ब्याटिङमा धवनको अर्धशतक

एजेन्सी – ओपनर शिखर धवनले अर्धशतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग(आईपीएल) को पाँचौ खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई १ सय ४८ रनको लक्ष्य दिएको छ । घरेलु मैदान फिरोज शाह कोटलामा टस जितेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४७ रन बनायो । ओपनर धवनले ४७ बलमा ७ […]

27 views

0 Bookmark

एजेन्सी – ओपनर शिखर धवनले अर्धशतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग(आईपीएल) को पाँचौ खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई १ सय ४८ रनको लक्ष्य दिएको छ ।

घरेलु मैदान फिरोज शाह कोटलामा टस जितेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४७ रन बनायो । ओपनर धवनले ४७ बलमा ७ चौका प्रहार गर्दै ५१ रनको योगदान दिए । धवनलाई १८ ओभरको पहिलो बलमा ड्वेन ब्राभोले सार्दुल ठाकुरबाट क्याच आउट गराए ।

दिल्लीलाई ओपनर धवन र पृथ्वी शा ले मध्यम सुरुवात दिएका थिए । दिपक चाहरले शेन वाटशनबाट शालाई २४ रनमा क्याच आउट गराउँदा दिल्ली ४.३ ओभरमा ३६ रन बनाएको थियो । शाले १६ बलमा ५ चौका प्रहार गरे । कप्तान श्रेयस ऐरलाई इमरान ताहिरले एलवी डब्लू आउट गर्दै १८ रनमा पेभिलिएन फर्काए ।

१२ औं ओभरको चौथो बलमा ऐर आउट भएपछि मैदान प्रवेश गरेका विकेटकीपर ऋषभ पन्तले १३ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २५ रनमा आउट भए । कोलिन इनग्राम २,किमो पल डक, अक्षर पटेल ९ र राहुत तेवतियाले ११ रन जोडे ।

दिल्लीलाई सस्तैमा रोक्न चेन्नईका ड्बेन ब्राभोले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । त्यस्तै दिपक चाहर,रविन्द्र जडेजा र इमरान ताहिरको नाममा समान एक विकेट रह्यो ।

दिल्लीले लगातार दोस्रो खेलमा नेपाली स्पिनर सन्दीप लामिछानेलाई टोलीमा समावेश गरेको छैन । पछिल्लो खेलबाट ट्रेन्ट बोल्टको स्थानमा अमित मिश्रा टोलीमा आएका छन् ।

April 20, 2024

नेपालले हङकङविरुद्ध टस जित्यो

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत हङकङ विरुद्ध तेस्रो स्थानको खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका छन् । नेपालले युएई विरुद्ध सेमिफाइनल खेलमा हार बेहोरेको प्लेइङ-११मा कुनै पनि परिवर्तन नगरी सोही टोली उतार्ने भएको छ । नेपालको प्लेइङ ११: कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल […]

April 20, 2024

सुदूरपश्चिमको पहिलो जित, गण्डकी पराजित

काठमाडौं (हाम्रो खेलकुद) –सुदूर पश्चिमप्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा पहिलो जित हासिल गरेको छ। सुदूरले गण्डकी प्रदेशलाई ९ विकेटको फराकिलो अन्तरमा हराउँदै अंकको खाता खोलेको हो। सुदूरको जितमा अभिषेक पालले ४९ रन जोडे। उनी अर्धशतकबाट मात्र १ रनले चुके। जितको लागि १ सय १८ रनको सहज विजय लक्ष्य सुदरले १९ ओभरमा मात्र १ […]

April 20, 2024

छ महिला क्रिकेटरले मलेसियाको सुपर वुमन्स कप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मासहित ६ क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार इन्दुसहित पूर्व कप्तान रूबिना क्षेत्री, सिता राना मगर, पुजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका हुन्। मलेसिया क्रिकेट संघले अप्रिल २४ देखि  मे ५ सम्म […]

Success

Thank you for your time.