default_image

7 years ago

March 27, 2019

घरेलु मैदानमा सन्दीप विनाको दिल्ली पराजित

137 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को पाँचौ खेलमा घरेलु टोली दिल्ली क्यापिटल्स चेन्नई सुपर किंग्ससँग ६ विकेटले पराजित भएको छ ।

मंगलबार राती सम्पन्न रोमान्चक खेलमा चेन्नईले दिल्लीलाई ६ विकेटले हराएको हो । १ सय ४८ रनको लक्ष्य पछ्याएको चेन्नईले २ बल अगाडी ४ विकेटको क्षतिमा पुरा गर्यो । चेन्नईलाई अन्तिम ६ बलमा २ रन चाहिएको थियो । पहिलो बलमै केदार जाधवलाई कागिसो रवडाले २७ क्याच आउट गराए । दोस्रो र तेस्रो बलमा ड्वेन ब्राभोले डट खाएपछि खेल थप रोमान्चक मोडमा पुगेको थियो । तर चौथो बलमा ब्राभोले चौका हान्दै खेल जिताए ।

चेन्नईको जितमा ओपनर शेन वाटशनले २६ बलमा ३ छक्का र ४ चौका प्रहार गर्दै ४४ रनको महत्वपूर्ण योगदान दिए । सुरेश रैनाले १६ बलमा ४ चौका १ छक्का प्रहार गर्दै ३०,केदार जाधव २७ र आम्बाती रायडु ५ रनमा आउट भए । महेन्द्र सिंह धोनीले ३५ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३२ रनमा अविजित रहे । दिल्लीका लागि अमित मिश्राले ४ ओभरमा ३५ रन खर्चेर २ तथा ईशान्त शर्मा र कागिसो रबाडाले समान १ विकेट लिए ।

त्यस अघि घरेलु मैदान फिरोज शाह कोटलामा टस जितेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको थियो । दिल्लीका ओपनर शिखर धवनले ४७ बलमा ७ चौका प्रहार गर्दै ५१ रनको योगदान दिए । धवनलाई १८ ओभरको पहिलो बलमा ड्वेन ब्राभोले सार्दुल ठाकुरबाट क्याच आउट गराए ।

दिल्लीलाई ओपनर धवन र पृथ्वी शा ले मध्यम सुरुवात दिएका थिए । दिपक चाहरले शेन वाटशनबाट शालाई २४ रनमा क्याच आउट गराउँदा दिल्ली ४.३ ओभरमा ३६ रन बनाएको थियो । शाले १६ बलमा ५ चौका प्रहार गरे । कप्तान श्रेयस ऐरलाई इमरान ताहिरले एलवी डब्लू आउट गर्दै १८ रनमा पेभिलिएन फर्काए ।

१२ औं ओभरको चौथो बलमा ऐर आउट भएपछि मैदान प्रवेश गरेका विकेटकीपर ऋषभ पन्तले १३ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २५ रनमा आउट भए । कोलिन इनग्राम २,किमो पल डक, अक्षर पटेल ९ र राहुत तेवतियाले ११ रन जोडे । दिल्लीलाई सस्तैमा रोक्न चेन्नईका ड्बेन ब्राभोले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । त्यस्तै दिपक चाहर,रविन्द्र जडेजा र इमरान ताहिरको नाममा समान एक विकेट रह्यो ।

दिल्लीले लगातार दोस्रो खेलमा नेपाली स्पिनर सन्दीप लामिछानेलाई टोलीमा समावेश गरेको थिएन । यो जितसँगै चेन्नई लगातार दोस्रो जित निकाल्दै शिर्ष स्थानमा उक्लिएको छ । दिल्लीले आफ्नो तेस्रो खेल अव ३० मार्चमा कोलकता नाइट राइडर्ससँग कोटलामानै खेल्ने छ । चेन्नईले आफ्नो तेस्रो खेल ३१ मार्चमा राजस्थानसँग प्रतिसप्रर्धा गर्ने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.