default_image

7 years ago

March 27, 2019

सुमितको अर्धशतकमा गोल्डेन गेट विजयी

151 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्टार खेलाडीले भरिपूर्ण गोल्डेन गेट इन्टरनेशनल कलेजले ओमेगा कलेजलाई ६३ रनले हराउँदै गोल्डेन गेट कलेज प्रिमियर लिगमा सुखद सुरुवात गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको गोल्डेन गेटले सुमित महर्जनको आक्रामक अर्धशतकसँगै २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७१ रन जोड्यो । शरद भेषावकर र दिपेन्द्रसिंह ऐरीले पहिलो विकेटका लागि ४.३ ओभरमा ५७ रनको आक्रामक सुरुवात दिलाए । दिपेन्द्र १२ बलमा ५ चौका र १ छक्कासहित ३३ रन जोड्दै बोल्ड भएपछि गोल्डेन गेटको विकेट पतन सुरु भएको थियो । त्यसपछि शरद २२, पृथु बाँस्कोटा १ तथा जितेन्द्र सिंह ठकुरी र सोनु तामाङ २-२ रनमा आउट भएपछि गोल्डेन गेट ६८-५ को स्थितिमा पुगेको थियो ।

छैटौं विकेटका लागि सुमित महर्जन र सुशान्त सिंह थापाले ८९ रनको साझेदारी गर्दै गोल्डेन गेटलाई उकासे । सुमितले ३५ बलमा ४ चौका र ४ छक्कासहित ६५ रन जोडे । सुशान्तले २५ बलमा २४ रन जोडे । ओमेगाका मन्जरत्न कुमार शाहले ३, अफजल अली र अभियान बस्नेतले २-२ तथा रवी सिंहले १ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको ओमेगाले २० ओभरमा ६ विकेट गुमाउँदै मात्र १ सय ६ रन जोड्यो । मध्यक्रममा रवी सिंहले ३९ र अमृत थापाले २८ रन जोडेपनि अन्य ब्याट्सम्यानले साथ दिन सकेनन् । रवीले २८ बलमा ६ चौका र १ छक्का तथा अमृतले ३७ बलको सामना गर्दै ४ चौका प्रहार गरे । ओपनर विपिन शाही २, विवेक बुढाथोकी ७, अभियान बस्नेत १८ र अमन जैन १ रनमा आउट भए । अंकितप्रताप सिंह ७ रनमा नटआउट रहे । गोल्डेन गेटका नन्दन यादवले २ तथा अमरसिंह राउटेला, अभिनाश बोहोरा, दिपेन्द्र राउत र दिपेन्द्रसिंह ऐरीले १-१ विकेट हात पारे ।

त्यसअघि पहिलो खेलमा शंकर देव क्याम्पसलाई ४७ रनले पराजित गर्दै नेपाल कमर्स क्याम्पस (एनसिसि) ले गोल्डेन गेटले प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावनालाई कायमै राखेको छ ।
त्रिवि खेल मैदानमा बुधबार भएको पहिलो खेलमा टस हारि पहिलो ब्याटिङ्ग गरेको एनसिसिका लागि ब्याट्स्म्यानहरुले संयुक्त योगदान दिएपछि २० ओभरमा ७ विकेट गुमाउदै १ सय ५४ रन बनायो ।

एनसिसिलाई एक पटक फेरि अमित श्रेष्ठले राम्रो शुरुवात दिलाएका थिए । हिमालयनसँग १२ अन्तरले पराजय बेहोरेको एनसिसिका लागि पहिलो खेलमा अमितले पहिलो विकेटका लागि शुशान्त तिमल्सिनासँग ७१ रनको साझेदारी गरेका थिए । शंकरदेवविरुद्ध उनले प्रकाश बिष्टसँग पहिलो विकेटका लागि ५२ रनमो साझेदारी गरे ।

अमितले २४ बलमा पाँच चौका प्रहार गर्दै २८ रन बनाए भने प्रकासले १६ बलमा चार चौकाको मद्दतमा २४ रन जोडे । यस्तै शुशान्तले १६ बलमा एक छक्का र एक चौका प्रहार गर्दै २२ रन बनाए । योगश भट्ट (२१) र हरिकृष्ण झा (१७ नटआउट) ले पनि महत्वपूर्ण योगदान दिएका थिए । शंकरदेवका ललित प्याकुरेलले २ तथा सन्दीप खड्का, कमल ओली, गगेंद्र बोहोरा र विनोद भट्टराईले १-१ विकेट लिए ।

जवाफमा दिपेन थापाले तीन र भुवन कार्कीले दुई विकेट लिएपछि शंकर देवले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७ रन मात्र बनाउन सक्यो । शंकरदेवका रविन्द्र चन्दले ४२ रन बनाउन बाहेक अन्य ब्याट्स्म्यानहरुले उल्लेख्य योगदान दिन सकेनन् । दोहोरो अंकमा रन बटुल्ने अन्य ब्याट्स्म्यानमा दिपक बोहरा (१४) र अमित ऐर (१५) मात्र रहेका थिए । रविन्द्रले ३६ बलमा दुई छक्का र एक चौका प्रहार गर्दै ४२ रन बनाए । एनसीसीका लागि निकै कसिलो बलिङ्ग गरेका अनुभवि स्पिनर भुवनले चार ओभरमा मात्र ७ रन खर्चे । ब्याटिङ्गमा पनि नटआउट १० रन बनाएका दिपेनले तीन ओभरमा १२ रन दिए ।

समुह बी मा एनसिसि र हिमालयन कलेजको समान दुई–दुई अंक भएको छ । एक खेलमात्र खेलको हिमालयनले यसअघि एनसिसिलाई पराजित गरेको थियो । शुक्रबार शंकर देव र हिमालयनबीच हुने अन्तिम लिग खेलले समुहबाट सेमिफाइनलमा पुग्ने अन्तिम टोलीको टुँगो लाग्नेछ ।

युनिभर्सिटी क्रिकेट क्लबको योजनामा जारि प्रतियोगितामा १२ कलेज सहभागी छन् । विजेताले २ लाख २२ हजार २ सय २२ तथा उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै म्यान अफ द सिसिजले रु २५ हजार र प्रतियोगिताको उत्कृष्ट ब्याट्स्म्यान र बलरले जनही रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले एक्सटेपको प्रोयाजनमा रु ५ हजार बराबरको जुत्ता प्राप्त गर्नेछन् । ८ दिने प्रतियोगिताका सबै खेलहरु किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिताको अनुमानित बजेट ३० लाख रुपैयाँ रहेको छ ।
सहभागि कलेजहरुलाई चार समुहमा विभाजन गरिएको छ र राउण्ड रोबिन लिगपछि प्रत्येक समुहको प्रथम स्थान ओगट्ने टोली सेमिफाइनल प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल चैत्र १६ गते हुनेछ भने फाइनल चैत्र १७ गतेका लागि तय गरिएको छ ।

समुह क मा अर्किड इन्टरनेशनल कलेज, एडिया कान्तिपुर सिटि कलेज (केसीसी) र ट्रिटन इन्टरनेशनल कलेज रहेका छन् भने समुह बी मा काठमाडौं युनिभर्सिटी, नेपाल बन कलेज र त्रि चन्द्र क्याम्पस रहेका छन् । यस्तै समुह सी मा नेपाल कमर्स क्याम्पस, हिमालय कलेज र शंकर देव क्याम्पस रहेका छन् । समुह डी मा गोल्डेन गेट इन्टरनेशनल कलेज, त्रिभुव बिश्वबिद्यालय र ओमेगा इन्टरनेशनल कलेज रहेका छन् ।

बिहीबारको खेल :
अर्किड विरुद्ध ट्रीटन – ९ बजे
काठमाडौं विश्वविद्यालय विरुद्ध त्रिचन्द्र – १ बजे

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.