default_image

7 years ago

March 30, 2019

दुई शतकका बाबजुद पाकिस्तान पराजित

139 views

0 Bookmark

एजेन्सी – पाकिस्तानसँगको चौथो वान डे खेलमा पाहुना टोली अष्ट्रेलियाले रोमान्चक जित हात पारेको छ । शुक्रबार राती सम्पन्न खेलमा पाकिस्तानलाई ६ रनले हराउँदै पाँच वान डे श्रृंखलामा ४-० को अग्रता सहित क्लिन स्विप नजिक पुगेको छ ।

अष्ट्रेलियाले प्रस्तुत गरेको २ सय ७८ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७१ रन मात्र बनाउन सक्यो । पाकिस्तानका लागि आबिद अली र मोहम्मद रिजवानले शतक प्रहार गरेपनि अन्य ब्याट्सम्यान चल्न नसक्दा टोलीको झिनो हार टार्न सकेनन् । पाकिस्तानलाई जितको लागि अन्तिम ओभरमा १७ रन चाहिएको अवस्थामा मार्कस स्टोइनिसले १० रन खर्चेर २ विकेट लिएपछि अष्ट्रेलियाले रोमान्चक जित हात पारेको हो ।

पाकिस्तानका लागि आबिद अलीले डेब्यूमै शतक प्रहार गर्दै १ सय १९ बलमा ९ चौका सहित १ सय १२ रनको योगदान दिएपनि पाकिस्तानलाई जितको स्वाद चखाउन सकेनन् । त्यस्तै मोहम्मद रिजवानले वान डे करियरको दोस्रो शतक प्रहार गर्दै १ सय २ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै १ सय ४ रन जोडे । ह्यारिस सोहेलले २५ रन बनाउन बाहेक अन्य कुनैपनि ब्याट्समयानले दोहोरो अंकमा रन छुन सकेनन् । अष्ट्रेलियाका लागि नाथन कुल्टर नाईलले ३,मार्कस स्टोइनिस २ तथा केन रिचर्डसन,नाथन लायन र एडम जम्पाले समान १ विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ७७ रन बनायो । शतक बनाउन मात्र २ रनले चुकेका ग्लेन म्याक्सवेलले २ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै ९ रनमा आउट भए । म्याक्सवेल खेलमा म्यान अफ द म्याच पनि चुनिए । म्याक्सवेल ४९.२ ओभरमा रन आउट हुन पुग्दा शतक बनाउन चुकेका हुन् ।

म्याक्सवेललाई ४६.२ ओभरमा उस्मान सनवारीले ७६ रन बनाएको अवस्थामा बोल्ड आउट गरेपनि उक्त बल नो भएपछि जीवन दान पाएका थिए । म्याक्सवेलले छैटौं विकेटका लागि एलेक्स केरीसँग १ सय ३४ रनको शतकीय साझेदारी गर्दै अष्ट्रेलियालाई बलियो योगफल सम्म पुर्याएका थिए । केरीले ६७ बलमा ३ चौका प्रहार गर्दै ५५ रनमा आउट भए । त्यस्तै उस्मान खवाजाले ७८ बलमा ६ चौका प्रहार गर्दै ६२,कप्तान आरोन फिन्च ३९, शन मार्श ५ र पिटर हेन्डस्कम्ब रनमा आउट भए । पाकिस्तानका लागि ईमाद वासिम,मोहम्मद हसन र यासिर शाहले समान दुई विकेट लिए ।

यो जितसँगै पाँच खेलको ओडीआई सिरिजमा अष्ट्रेलियाले ४-० को अग्रता लिएको छ । यस अघि अष्ट्रेलियाले पहिलो र दोस्रो खेलमा समान ८ विकेट तथा तेस्रो खेलमा ८० रनले विजयी भएको थियो । अन्तिम तथा पाँचौ खेल ३१ मार्चमा हुने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.