default_image

7 years ago

April 2, 2019

अंकविहिन बेंगलोरलाई ब्याटिङको चिन्ता

135 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र राजस्थान रोयल्स भिड्दै छन् । खेल नेपाली समय अनुसार बेलुका ८ः१५ देखि राजस्थानको घरेलु मैदान जयपुरमा सुरु हुनेछ ।

सुरुवाती तीनै खेल हारेका यी दुई टोली पहिलो जितको खोजिमा छन् । आज पराजित हुने टोलीको अघिल्लो चरण निकै कठिन बन्ने छ । यी दुईबीच आईपीएलमा १९ खेल हुँदा राजस्थानले ९ र बंगलोरले ८ खेल जितेको छ । जारी आईपीएलको प्रर्दशन हेर्दा बेंगलोर भन्दा राजस्थान बलियो देखिन्छ ।

बेंगलोर पहिलो खेलमा चेन्नई सुपरकिंग्ससँग ७ विकेटले पराजित भएको थियो । बेंगलोरका १० ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न नसक्दा ७० रनमै समेटिएको थियो । दोस्रो खेलमा मुम्बईसँग ६ रनले पराजित हुन पुगेको थियो । जसमा एबी डी विलियर्सले ७० र विराट कोहलीले ४५ रन जोड्न बाहेक अन्य कुनै पनि ब्याट्सम्यानको प्रर्दशन सन्तोक जनक थिएन ।

हैदरावादसँगको तेस्रो खेलमा २ सय ३२ रनको लक्ष्य पछ्याउने क्रममा टप अडरमा ५ ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुन नसक्दा १ सय १३ रनमै अल आउट भएको थियो । अष्ट्रेलियाका अलराउण्डर मार्कस स्टोइनिस र नाथन कुल्टन लाईल आजको खेलदेखी बेंगलोरको टिममा उपलब्ध हुने छन् । यी दुई खेलाडीको आगमनले बेंगलोरको प्रर्दशनमा सुधार हुने आसा गरिएको छ । पाकिस्तानसँगको पाँच वान डेको कारण यी दुबै खेलाडीले सुरुवाती तीन खेल गुमाएका थिए ।

राजस्थानले तीनै खेल हारेपनि सबै खेल जित नजिक पुगेर गुमाएको छ । पछिल्लो सयम उत्कृष्ट लयमा रहेका अष्ट्रेलियन हिटर एस्टन टर्नरको आगमनले फिनिसरको अभाव खेपिरहेको राजस्थानलाई ठूलो राहत पुग्न सक्छ । पहिलो खेल पन्जावसँग १४ रनले पराजित भएको थियो । दोस्रो खेलमा कोलकता ५ विकेटले पराजित हुँदा र चेन्नईसँग ८ रनले पराजित भएको थियो । राजस्थानका सन्जु स्यामसन, जोफ्रा आर्चर, जस बटलर, अजिंक्या रहाणे, बेन स्टोक्स लगायतका खेलाडी राम्रो लयमा छन् ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.