default_image

7 years ago

April 2, 2019

को हुन् स्याम करन ?

160 views

0 Bookmark

भुपेन्द्र जीसी, काठमाडौं

क्रिकेटमा कुनै भर हुँदैन । एकै ओभर, एकै खेलाडी अझ भनौं एकै बल र विकेटले नतिजा बदल्न सक्छ । क्रिकेट विश्वकपलाई सर्वाधिक लोकप्रिय र प्रतिष्ठित प्रतियोगिता मानिन्छ, चाहे त्यो क्रिकेट होस वा फुटबल । विश्वका स्टार खेलाडीको जमघटको थलो मानिने इन्डियन प्रिमियर लिग (आईपीएल) विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज प्रतियोगिता हो । मार्च २३ देखि भारतका विभिन्न सहरमा आईपीएल चलिरहेको छ ।

सोमबार राती सम्पन्न खेलमा किंग्स इलाभेन पन्जाबले दिल्ली क्यापिटल्समाथि रोमान्चक जित हात पार्यो । १ सय ६७ रनको लक्ष्य पछ्याएको दिल्ली १९.२ ओभरमा अलआउट हुँदै १ सय ५२ रनमा समेटियो । अन्तिम १६ बलमा ८ रन जोड्दा दिल्लीले ७ विकेट गुमाएको थियो । जसमा नायक बने इंग्ल्यान्डका युवा खेलाडी साम करन । करनले अन्त्यमा ह्याट्रिक गर्दै पन्जाबलाई जित दिलाए । नाटकीय जित दिलाउने क्रममा करनले मात्र २.२ ओभरमा ११ रन खर्चेर ४ विकेट लिए ।

त्यसअघि ओपनिङ ब्याटिङ गर्न उत्रिएका उनलाई नेपाली लेग स्पिनर सन्दीप लामिछानेले एलबीडब्लू शिकार बनाएका थिए । उनले १० बलमा ३ चौका र १ छक्का सहित २० रन जोडे । दिल्लीसँगको खेल उनको आईपीएलमा दोस्रो थियो ।

जित नजिक पुगेको दिल्लीको जितमा बाधक बन्ने साम करन को हुन् ?

साम करनको जन्म सन् १९९८ जुन ३ मा इंग्ल्यान्डको नर्थम्प्टनमा भएको थियो । उनी भर्खर २० वर्ष ३ सय ३ दिनका लागेका छन् । उनको उमेर कलिलै भएपनि प्रर्दशन भरपर्दो छ । ५ फिट ९ ईन्च (१.७५) मिटर अग्ला कदका करनको पुरा नाम स्यामुअल मैथ्यु करन हो । उनी बाँया (देब्रे) हाते ब्याट्सम्यान तथा मिडियम पेश बलिङ गर्ने गर्दछन् । उनी जिम्बाबेका पुर्व क्रिकेटर समेत रहेका केभिन कुरनका कान्छा छोरा हुन् । केभिनका तीनै भाई छोरा क्रिकेटर छन् ।

इंग्ल्यान्डका सिनियर टोलीबाट खेलिरहेका अलराउणन्डर टम करन जेठा छोरा, बेन करन माईला र साम करन कान्छा छोरा हुन् । अर्थात इंग्ल्यान्डकै अर्का स्टार अलराउण्डर टम करन उनका साख्य दाई पर्दछन् । क्रिकेट परिवारबाट हुर्केका करनको लगाव सानै देखी क्रिकेटमानै थियो । दाजु र बुबाबाट उनले सानै देखी धेरै राम्रो क्रिकेट सिके ।

Generated by IJG JPEG Library

उनको क्रिकेट यात्रा यू१५ उमेर समूहबाट अघि बढेको हो । इंग्ल्यान्डको चर्चिच क्रिकेट क्लव सर्रेबाट घरेलु क्रिकेट यात्रा थालेका करनले सन् २०१४ मा यू१५ र यू१७ क्रिकेट प्रतियोगिता खेले । यस प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेपछि एक वर्षपछि केन्टविरुद्ध इंग्ल्यान्डको चर्चित टी२० प्रतियोगिता नेट वेस्ट बलास्टमा सर्रेबाटनै डेब्यू गरे ।

सन् २०१५ मा नै नर्थह्याम्पटनशायरविरुद्ध डेब्यू गर्दै ७ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए । घरेलु प्रतियोगितामा राम्रो छाप छोडेका उनले सन् २०१६ मा बंगलादेशमा सम्पन्न यू१९ विश्वकपमा इंग्ल्यान्डको प्रतिनिधित्व गरे । उनले ६ खेलमा ४.३६ को इकनोममी ७ विकेट लिनुका साथै ५ खेलमा २ सय १ रन जोडेपछि उनीमाथि सबैको ध्यान तानिएको थियो । त्यो विश्वकपको प्रर्दशनले नै उनलाई त्यसै बेला भविष्यमा इंग्ल्यान्डको टोलीमा पर्ने संकेत दिएको थियो । करनले पछिल्लो समय गरेको प्रदर्शनले उनलाई कलिलो उमेरमै आधुनिक विश्व क्रिकेटको स्टार अलराउन्डरको रुपमा हेरिन थालिसकेको छ ।

सन् २०१८ जुन २४ मा अष्ट्रेलियाविरुद्ध १९ वर्षको उमेरमा वान डे क्रिकेटमै डेब्यू गरे । उक्त डेब्यूमा १६ रन बनाउनुको साथै दुई विकेट लिएका थिए । त्यसअघि जुन १ मा पाकिस्तानसँगको दोस्रो टेष्टमा उनले सिनियर टोलीमा डेब्यू गरेका थिए । गत अगष्ट-सेप्टेम्बरमा भारतसँगको पाँच खेलको टेस्ट सिरिजमा साम करनले उत्कृष्ट अलराउन्ड प्रर्दशन गर्दै घरेलु टोली इंग्ल्यान्डलाई ४–१ ले सिरिज जिताउन योगदान दिएका थिए ।

उक्त सिरिजको पहिलो खेलमै म्यान अफ द म्याच चुनिएका उनले उक्त सिरिजमा ४ खेलमा ७ पालीमा २ सय ७२ रन जोड्नुका साथै ११ विकेट लिएपछि म्यान अफ द सिरिज पनि चुनिए । जसले उनलाई थप सफलता र चर्चाको शिखरमा पुर्यायो । भारतसँगको टेस्टमा धमाकेदार प्रर्दशनपछि आईपीएलको अक्सनमा २० वर्षिय ठिटो करनलाई पन्जावले ७ करोड २० लाख भारतीय रुपैँया खर्चेर टोलीमा अनुबन्ध गरेको थियो । राजस्थान रोयल्सविरुद्ध डेब्यू गरेका उनले ४ ओभरमा ५२ रन खर्चेर २ विकेट लिए । पहिलो खेलमा महँगो सावित भएका कारण मुम्बई र कोलकतासँगको खेलमा बेन्चमा बस्नु परेको थियो ।

हालसम्म उनले इंग्ल्यान्डबाट ९ टेस्टमा १६ पालीमा ब्याटिङ गर्दै ३२.४२ को औसतमा कुल ४ सय ५४ रन जोडेका छन् । सर्वाधिक्स स्कोर ७८ रन रहँदा बलिङ तर्फ १५ विकेट लिएका छन् । उनले यसबीचमा दुई वानडे खेली सकेका छन् । यो प्रर्दशनले इंग्ल्यान्डमानै आगमी मे ३० देखी सुरु हुने वान डे विश्वकपको लागि उनको स्थान बलियो बनेको छ । अझ बलियो बनाउन आईपीएलमा उनले उत्कृष्ट प्रर्दशन गर्न आवश्यक छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.