7 years ago
April 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश ३ र प्रदेश ५ ले यू-१६ क्रिकेट लिगको उपाधिका लागि भिड्ने भएका छन् । आइतबार कीर्तिपुरस्थित टीयू मैदानमा भएको भएको सेमिफाइनल खेलमा जित दर्ता गर्दै दुवै टोलीले फाइनलमा स्थान बनाएका हुन् ।

दिनको पहिलो खेलमा प्रदेश ३ ले प्रदेश २ लाई १५ रनले पराजित गर्यो । टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश ३ ले २९ ओभरमा अलआउट हुँदै १ सय ५४ रन जोड्यो । ओपनर आईश भट्टराईले ७७ रनको शानदार इनिङ्स खेलेपछि प्रदेश ३ ले बलियो योगफल खडा गरेको थियो । म्यान अफ द म्याच घोषित आईशले ६६ बलको सामना गर्दै ८ चौका र २ छक्का प्रहार गरे । कप्तान दीपक बोहोरा १०, प्रशान्त कामत १३, अशोक पौडेल १२ तथा कृष् कार्कीले २ छक्कासहित १६ रनको योगदान दिए । प्रदेश २ का लागि निखिल कुमार सिंहले ३, इमरान शेख र विशाल पटेलले २-२ तथा प्रशान्त सिंह र अरबाज अन्सारीले १-१ विकेट लिए ।
जवाफमा प्रदेश २ ले २८.५ ओभरमा अल आउट हुनुअघि १ सय ३९ रनमात्र जोड्न सक्यो । ओपनर इमरान शेख ५ र विरेन्द्र साहानी १३ रनमा आउट भए । रोहण विकले २० र पर्शुराम यादवले ३१ रनको योगदान दिएपनि प्रदेश २ जितसम्म पुग्न सकेन । प्रशान्त सिंहले १० बलमा १ चौका र २ छक्का प्रहार गर्दै २२ रन जोडेपनि उनी लामो सट खेल्ने धुनमा क्याचआउट भए । प्रदेश ३ का सक्रिय कार्कीले ३, तिलक भण्डारी र दीपक बोहोराले २-२ तथा सिमान्त घिमिरे र विवेक दराईले १-१ विकेट लिए ।
अर्को सेमिफाइनलमा प्रदेश ५ ले कप्तान विशालविक्रम केसीको अलराउन्ड प्रदर्शनमा प्रदेश ७ लाई ६ विकेटले हरायो । वर्षाका कारण २२ ओभरमा छोट्याइएको खेलमा टस जितेर ब्याटिङ रोजेको प्रदेश ७ ले १८.५ ओभरमा अलआउट हुनुअघि ७७ रनमात्र जोड्न सक्यो । राहुल भण्डारीले १९ तथा कप्तान सुवास ऐरले १८ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । प्रदेश ५ का विशालले र रमेश कुर्मीले ३-३ तथा सुरज खड्काले २ विकेट हात पारे ।
जवाफमा प्रदेश ५ ले १९.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य प्राप्त गर्यो । ओपनर सुशान्त थापाले २२ रन जोडे । कप्तान विशाल २१ रनमा नटआउट रहे । उनले २४ बलको सामना गर्दै समान १-१ चौका र छक्का प्रहार गरे । अमर मिश्राले ११ र प्रकाश गिरीले १० रन जोड्दा दिवस सेन्चुरी पहिलो बलमा नै आउट भए । प्रदेश ७ का कप्तान सुवासले ५ ओभरमा २ मेडनसहित ६ रन खर्चेर ३ विकेट लिएका थिए ।
सोमबार टीयू मैदानमा विहान ९ बजे उपाधि भिडन्त हुनेछ । चैत्र १९ देखि चलेको प्रतियोगितामा ७ प्रदेशका टोलीले सहभागिता जनाएका थिए । यसै अप्रिल १८ देखि २९ सम्म थाईल्यान्डमा हुन लागेको एसीसी यू-१६ इस्टर्न रिजनको लागि यसै प्रतियोगिताबाट खेलाडी छनोट गरिनेछ । प्रारम्भिक छनोटमा २५ खेलाडी र त्यसपछि १४ खेलाडी अन्तिम टोलीमा छनोट हुनेछन् ।
युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा राष्ट्रिय खेलकुदको परिषदको समन्वयमा हुने प्रतियोगिताको विजेताले १ लाख ५० हजार बराबरको खेल सामग्री प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार बराबरको खेलकुद सामग्री पाउनेछ । प्रतियोगिताको व्यास्थापन मदन भण्डारी स्पोर्ट्स एकेडेमीले गरेको छ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]