default_image

7 years ago

April 7, 2019

राजस्थानलाई हराउँदै कोलकाता शीर्षस्थानमा

130 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) मा कोलकता नाइट राइडर्स शिर्ष स्थानमा उक्लिएको छ । आइतबार राती सम्पन्न खेलमा राजस्थान रोयल्सलाई ८ विकेटले हराउँदै शिर्ष स्थान उक्लिन सफल भएको हो ।

१ सय ४० रनको सामान्य लक्ष्य पछ्पाएको कोलकताले १३.५ ओभरमा २ विकेटको क्षतिमा सहजै पुरा गर्यो । कोलकताको सहज जितमाओपनर  सुनिल नारायणले २५ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ४७ रनमा आउट भए । अर्का ओपनर क्रिस लिनले ३२ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ५० रनमा आउट भए । त्यस्तै रोबिन उथप्पा २६ र शुभ्मन गिल ६ रनमा नट आउट रहे ।

कोलकतालाई सहज जित दिलाउन ओपनर सुनिल नारायण र क्रिस लिनले पहिलो विकेटका लागि ८.३ ओभरमा ९१ रनको साझेदारी गरेका थिए । यी दुईबीचको साझेदारी श्रेयस गोपालले स्टिभ स्मिथबाट नारायणलाई क्याच गराउँदै तोडेका थिए । ठूलो शट प्रहार गर्ने धुनमा ११ औं ओभरको पाँचौ बलमा क्रिस लिनलाई श्रेयस गोपालले क्याच आउट गराए । राजस्थानका लागि दुवै विकेट श्रेयस गोपालले लिए । अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् ।

त्यसअघि जयपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ३९ रन बनायो । राजस्थानका लागि स्टिभ स्मिथले ५९ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ७३ रनमा अविजित पाली खेलेपनि त्यो जितको लागि प्राप्त भएन ।

ओपनर जस बटलरले ३४ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३७ रनमा आउट भए । बटलरलाई पाँचौ ओभरको बलमा हेरी गर्नीले सुभमन गिलबाट क्याच आउट गराए । कप्तान अजिंक्या रहाणे ५ र राहुल त्रिपाठ्ठी ६ रनमा आउट भए । कोलकताका ह्यारी गर्नीले २ र प्रसिद्ध कृष्णाले १ विकेट लिए ।

योसँगै कोलकताले ५ खेलमा ४ मा जित र १ मा हारका साथ ८ अंक जोड्दै शिर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको चेन्नई सुपर किंग्स ५ खेलमा ४ मा जित र १ मा हार ब्यहोरेको छ । सनराइजर्स हैदरावाद ५ खेलमा ३ मा जित र २ मा हारका साथ तेस्रो स्थान छ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.