7 years ago
April 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश ३ ले अण्डर १६ क्रिकेट लिगको उपाधि कब्जा गरेको छ । त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा प्रदेश ५ लाई ३३ रनले पराजित गर्दै प्रदेश ३ ले उपाधि आफ्नो नाममा लेखाएको हो ।

टस जिति पहिलो ब्याटिङ्ग गरेको प्रदेश ३ ले अभिषेक उपाध्यायको अद्र्धशतक र प्रशान्त महतको उल्लेखनीय योगदानमा ३० ओभरमा ५ विकेट गुमाउदै १ सय ६२ रन बनायो । जवाफमा प्रदेश ५ ले ३० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३९ रन मात्र बनाउन सक्यो । उपाधिसँगै विजयी टोलीका खेलाडीहरुलै एक लाख ५० हजार बराबरको क्रिकेट किट हात पा¥यो । उपबिजेता प्रदेश ५ ले ७५ हजार बराबरको क्रिकेट किट हात पा¥यो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी प्रदेश ५ का विशाल विक्रम केसी घोषित भए । यस्तै उत्कृष्ट ब्याट्स्म्यान प्रदेश ३ का आइस भट्टराई र उत्कृष्ट बलर प्रदेश ५ का रमेश कुर्मी घोषित भए । प्रदेश ४ का अर्जुन कुमालले इमर्जिङ्ग प्लेयरको उपाधि हात पारे । फाइनलमा जितका क्रममा प्रदेश ५ ले ३१ रनमै तीन विकेट गुमाईसकेको थियो ।
बिशालले आकर्षक इनिङ्गस खेल्दै अमर मिश्रसँग चौथो विकेटका लागि ६१ रनको साझेदारी गर्दै टिमलाई खेलमा फर्काएका थिए । तर कृस कार्कीको बलमा बिशाल आउट भएपछि प्रदेश ५ को इनिङ्गस लगभग समाप्त भएको थियो । बिशालले ४६ बलमा ६ चौका प्रहार गर्दै ४४ रन बनाए भने अमरले २९ रन बनाउदै दुई चौका र एक छक्का प्रहार गरेका थिए । उनले ४४ बल खेलेका थिए । प्रदेश ३ का लागि बिबेक दराई र दिपक बोहोराले दुई–दुई विकेट हात पारे ।
यस्तै सकृय कार्की र तिलक भण्डारीले पनि एक–एक विकेट लिएका थिए । यसअघि समान शुरुवात रहेको प्रदेश ३ ले पहिलो तीन विकेट ३७ रनमै गुमाएको थियो । अभिषेकले चौथो विकेटका लागि कप्तान दिपकसँग ५८ रनको साझेदारी गर्दै टिमलाई सम्हालेका थिए । दुई चौका प्रहार गरेका अभिषेकले ७१ बलमा ५६ रन बनाएका थिए ।
दिपक र प्रशान्तले त्यसपछि पाचौं विकेटका लागि ५५ रनको महत्वपूर्ण साझेदारी गर्दै टिमलाई चुनौतिपूर्ण योगफल तर्फ डो¥याए । प्रशान्तले ३२ बलमा एक चौका र एक छक्का प्रहार गर्दै नटआउट ३४ रन बनाए । दिपकले ३९ बलमा चार चौका प्रहार गर्दै ३० रन बनाए । रमेश र सुरज खड्काले प्रदेश ५ का लागि दुई–दुई विकेट लिएका थिए ।
युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको प्रतियोगिता आगामी अप्रिल १८ देखि २९ सम्म थाइल्याण्डको चियाङ्ग माइमा हुन गइरहेको एसिसि अण्डर १६ इस्टर्न रिजन टुर्नामेन्टको छनोटको रुपमा रहेको थियो । नेपाली टोलीको प्रशिक्षकको रुपमा बसन्त शाही ठकुरी र मन्जुर आलम खान रहेका छन् ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]