7 years ago
April 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर सुनिल धमलाले आक्रमक अर्धशतक प्रहार गरेपछि दोस्रो संस्करणको विरगन्ज च्याम्पियन टी २० क्रिकेट लिगमा नेपाल पुलिस क्लवले भारतीय क्लव बेटियालाई २० रनले हराउँदै विजयी सुरुवात गरेको छ ।

पहिला ब्याटिङ गरेका नेपाल पुलिसले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६ रन बनाएको थियो । पुलिसका लागि सुनिल धमलाले ३६ बलमा ४ छक्का प्रहार गर्दै ५० रनमा आउट भए । कुशल भुर्तेल ११ र अमित श्रेष्ठले १२ रन जोड्न बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । वेटियाका लागि राकेश पटेलले ३ विकेट लिएका थिए ।
१ सय ७ रनको लक्ष्य पक्ष्याएको बेटिया रामनरेश गिरी र ललितनारायण राजवंशीले समान ३ विकेट लिएपछि १५ ओभरमै ८६ रनमा अल आउट भएको थियो ।
त्यस्तै आजको अर्को खेलमा जनकपुरले भारतीय पटनालाई ५ रनले हराउँदै हराएको छ । आजदेखि सुरु भएको प्रतियोगितामा नेपाल पुलिस, जनकपुर, युनाइटेड क्रिकेट क्लव विरगन्ज, भारतीय दुई क्लव बेटिया र पटना साथै मकवानपुर गरि ६ टोलीको सहभागिता छ ।
अर्को शनिबारसम्म चल्ने प्रतियोगिताको विजेताले ७५ हजार र उप विजेताले ४० हजार प्राप्त गर्ने छन् । म्यान अफ द सिरिज हुने खेलाडीले १५ हजार र उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५ हजार पाउने छन् ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]