default_image

7 years ago

April 10, 2019

राहुलको सानदार शतकमा मुम्बईलाई विशाल लक्ष्य

125 views

0 Bookmark

एजेन्सी – ओपनर के एल राहुलले सानदार शतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को २४ औं खेलमा किंग्स इलाभेन पन्जावले मुम्बई इन्डियन्सलाई १ सय ९८ रनको विशाल लक्ष्य दिएको छ ।

मुम्बईको घरेलु मैदान वानखडेमा टस हारेर पहिला ब्याटिङ थालेको पन्जावले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९७ रन बनायो । पन्जाबका लागि ओपनर के एल राहुलले सानदार शतक प्रहार गरे । राहुल ६४ बलमा समान ६ चौका र छक्का प्रहार गर्दै १ सय रनमा नट आउट रहे । राहुलले १९ औं ओभरमा हार्दिक पान्ड्यालाई ३ छक्का र १ चौका प्रहार गर्दै कुल २५ रन बटुलेका थिए ।

त्यस्तै अर्का ओपनर क्रिस गेलले मात्र ३६ बलमा ७ छक्का र ३ चौका प्रहार गर्दै ६३ रनको महत्वपूर्ण योगदान दिए । सुरुवात देखिनै आक्रमक रुपमा प्रस्तुत भएका गेलले ५ र्औ ओभरमा जोसन बेहरनडोफलाई ३ छक्का र १ चौका प्रहार गर्दै २३ रन बटुले।

गेल र के एल राहुलले पहिलो विकेटका लागि १२.५ ओभर सम्म १ सय १६ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । यी दुईबीचको साभेदारी बेहरनडोफलेनै क्रुनाल पान्ड्याबाट गेललाई क्याच गराउँदै तोडेका थिए । पन्जावका मिडिल अडरका ब्याट्सम्यान भने सस्तैमा आउट भए । करुण नायर ५, डेविड मिलर ७ र साम करन ८ रनमा पेभिलिएन फर्के ।

मुम्बईका लागि हार्दिक पान्ड्याले ४ ओभरमा ५७ रन खर्चिदा २ विकेट हात पारे । त्यस्तै जसप्रित बुमराह र जोसन बेहरनडोफले समान १ विकेट आफ्नो नाममा लेखाए । अभ्यासको क्रममा घाइते हुँदा आज कप्तान रोहित शर्मा खेलेका छैनन् । मुम्बईको कप्तानी काइरन पोलार्डले गरेका छन् ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.