default_image

7 years ago

April 11, 2019

पोलार्डको विष्फोटक ब्याटिङमा मुम्बई विजयी,राहुलको शतक खेर

140 views

0 Bookmark

एजेन्सी – वेस्ट इन्डिजका काइरान पोलार्डले विष्फोटक ब्याटिङ गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को २४ औं खेलमा किंग्स इलाभेन पन्जावमाथि मुम्बई इन्डियन्सले रोमान्चक जित हात पारेको छ ।

बुधबार राती सम्पन्न खेलमा पन्जावलाई ३ विकेटले हराउँदै मुम्बईले रोमान्जक जित हात पारेको हो । १ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ७ विकेटको क्षतिमा पुरा गर्यो । मुम्बईका जितमा नायक बनेका कार्यवाहक कप्तान समेत रहेका काइरन पोलार्डले ३१ बलमा १० छक्का र ३ चौका प्रहार गर्दै ८३ को विष्फोटक ब्याटिङ गरेपछि मुम्बईको जित संभव बनेको हो ।

मुम्बईलाई जितको लागि अन्तिम १२ बलमा ३२ रन चाहिएको थियो । १९ औं ओभरमा पोलार्डले साम करनलाई २ छक्का र १ चौका प्रहार गर्दै कुल १७ रन बटुलेपछि खेल रोमान्चक मोडमा पुग्यो । जितको लागि अन्तिम ओभरमा मुम्बईलाई १५ रनमा चाहिएको थियो । अकिंत राजपुतको पहिलो बलमै नो बलमा पोलार्डले छक्का प्रहार गरे । फ्रिहीट बलमा पोलार्डले चौका प्रहार गरे । दोस्रो बलमा पोलार्डलाई डेविड मिलरले बाउन्ड्री नजिकै क्याच लिएपछि खेल अझ रोमान्चक मोडमा पुग्यो ।

तेस्रो बल जोशेफ अल्जारीलाई डट गराए । चौथो बलमा एक रन दिए । पाँचौ ओभरमा १ रन दिए । अन्तिम ओभरमा जोशेफले २ रन लिएपछि मुम्बई विजयी भएको हो । जोशेफ १५ रनमा अविजित रहे । मुम्बईका लागि ओपनर क्विन्टन डी कक २४, सिद्धेश लाड १५,सुर्य कुमार यादव २१, हार्दिक पान्ड्या १९ र इशान किशन ७ रनमा आउट भए । पन्जावका लागि मोहम्मद सामीले ३,रविचन्द्र आश्विन,साम कुरन र अंकित राजपुतलले समान १ विकेट लिए ।

त्यसअघि मुम्बईको घरेलु मैदान वानखडेमा टस हारेर पहिला ब्याटिङ थालेको पन्जावले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९७ रन बनायो । पन्जाबका लागि ओपनर के एल राहुलले सानदार शतक प्रहार गरेपनि त्यो जितको लागि प्राप्त रहेन । राहुल ६४ बलमा समान ६ चौका र छक्का प्रहार गर्दै १ सय रनमा नट आउट रहे पनि त्यो शतक खेर गयो। राहुलले १९ औं ओभरमा हार्दिक पान्ड्यालाई ३ छक्का र १ चौका प्रहार गर्दै कुल २५ रन बटुलेका थिए ।

त्यस्तै अर्का ओपनर क्रिस गेलले मात्र ३६ बलमा ७ छक्का र ३ चौका प्रहार गर्दै ६३ रनको महत्वपूर्ण योगदान दिए । सुरुवात देखिनै आक्रमक रुपमा प्रस्तुत भएका गेलले ५ र्औ ओभरमा जोसन बेहरनडोफलाई ३ छक्का र १ चौका प्रहार गर्दै २३ रन बटुले।

गेल र के एल राहुलले पहिलो विकेटका लागि १२.५ ओभरसम्म १ सय १६ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । यी दुईबीचको साभेदारी बेहरनडोफलेनै क्रुनाल पान्ड्याबाट गेललाई क्याच गराउँदै तोडेका थिए । पन्जावका मिडिल अडरका ब्याट्सम्यान भने सस्तैमा आउट भए । करुण नायर ५, डेविड मिलर ७ र साम करन ८ रनमा पेभिलिएन फर्के ।

मुम्बईका लागि हार्दिक पान्ड्याले ४ ओभरमा ५७ रन खर्चिदा २ विकेट हात पारे । त्यस्तै जसप्रित बुमराह र जोसन बेहरनडोफले समान १ विकेट आफ्नो नाममा लेखाए ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.