7 years ago
April 12, 2019
एजेन्सी – चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनी कारबाहीमा परेका छन् ।

बिहीबार राती सम्पन्न आईपीएल को २५ औं खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयलल्सलाई ४ विकेटले पराजित गरेको छ ।१ सय ५२ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५५ रन बनायो ।
चेन्नईलाई जितको लागि अन्तिम ओभरमा जितको लागि १८ रन चाहियएको थियो। पहिलो बलमै रविन्द्र जडेजाले स्टोक्सलाई छक्का प्रहार गरे । दोस्रो नो बल रहँदा अर्को बलमा २ रन जोडे । तेस्रो योर्कर बलमा धोनीलाई स्टोक्सले बोल्ड आउट गरेपछि खेल थप रोमान्चक मोडमा पुगेको थियो । चौथो बलमा एम्पारबीच नो बलको निर्णयमा असमझदारी हुँदा कप्तान धोनी अम्पायरसँग कुरा गर्न मैदान नै प्रवेश गरेका थिए । खेल भावना विपरित मैदान प्रवेश गरेको भन्दै आईपीएल आयोजकले धोनीलाई कारबारी गरेको हो । कारवाहीवापत धोनीले उक्त खेलको ५० प्रतिशत रकम काटिनेछ । धोनीले आफ्नो गल्ती पनि स्विकार गरेका छन् ।
यो जितसँगै आईपीएलमा धोनी १ सय खेल जिताउने पहिलो कप्तान समेत बनेका छन् । जारी आईपीएलमा चेन्नईले ७ खेलमा ६ मा जित र १ मा हारका साथ १२ अंक जोड्दै अंकतालिकामा शीर्ष स्थानमा छ । चेन्नईले आफ्नो ८ औं खेल १४ अप्रिलमा कोलकता नाइट राइडर्ससँग खेल्ने छ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]