default_image

7 years ago

April 12, 2019

नेपालको विशाल जित, सिंगापुर ६५ रनमा अलआउट !

166 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी यू-१९ विश्वकप छनोटअन्तर्गत नेपालले पहिलो खेलमा सिंगापुरमाथि २ सय १७ रनको विशाल जित दर्ता गरेको छ । नेपालले प्रस्तुत गरेको २ सय ८३ रनको लक्ष्य पछ्याउने क्रममा सिंगापुर ३१ अोभरमा ६५ रनमै अलआउट भएको हो ।

२ सय ८३ रनको विशाल लक्ष्य पछ्याएको सिंगापुर नेपालको कसिलो बलिङ सामु ३१ ओभरमा अल आउट हुँदै ६५ रनमा समेटियो । उसका लागि ईशान सावनीले ५४ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै २८ रन जोड्न बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । ईशानलाई ३० ओभरको पाँचौ बलमा सुर्य तामाङले भीम सार्कीबाट क्याच आउट गराए । त्यस्तै साई भेनुगोपालले ४५ बलमा ३ चौका सहित १८ रन जोडे । अर्नव चबरिया २,अमन देसाईं १,प्रमेश सिंहवी ७,श्रीदेब १, रनमा आउट भए । सिंगापुरका ९ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि पवन सरार्फले ६ ओभरमा ५ मेडन सहित ५ रन खर्चेर ३ विकेट लिए । कुशल मल्लले ८ ओभरमा ३ मेडन सहित १७ रन खर्चेर २ विकेट लिए । त्यस्तै सुर्य तामाङ २ र राशिद खानको नाममा १ विकेट रह्यो ।

त्यस अघि कप्तान राहित कुमार पौडेलले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले ४६ ओभरमा अलआउट हुनुअघि २ सय ८२ रन जोड्यो ।

मलेसियाको क्वालालाम्पुरमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले सिंगापुरलाई जितका लागि २ सय ८३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। नेपालका कप्तान रोहित कुमार पौडेल ९५ रन जोड्दै क्याचआउट भए । रोहितले १ सय ५ बलको सामना गर्दै ७ चौका र १ छक्का प्रहार गरे । उनी ४६ औं ओभरको पहिलो बलमा अथर्व गुनेको बलमा भेनुगोपालको हातबाट क्याचआउट भएका हुन् ।

रोहित आउट भएकै ओभरमा नेपालले थप २ विकेट गुमाउँदै अलआउट भएको हो । कमलसिंह ऐरी १८ बलमा १ चौका र ३ छक्कासहित ३१ रन जोड्दै कट बिहाईन्ड भए । सूर्य तामाङ पहिलो बलमै विकेट किपरको हातबाट समातिए ।

शीर्षक्रमले अपेक्षित प्रदर्शन गर्न नसक्दा सातौं विकेटका लागि रोहित र राशिद खानले ७७ रनको आक्रमक साझेदारी गर्दै नेपाललाई विशाल योगफल सम्म लगे । ४१ औं ओभरको चौथो बलमा रोहितसँग रनको तालमेल गर्न नसक्दा राशिद ४८ रन जोड्दै रनआउट भए । राशिदले ४७ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

ओपनर पवन सरार्फ अर्धशतक पुरा गर्न ३ रनले चुके । सरार्फले ५३ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४७ रनमा आउट भए । सरार्फलाई १९ ओभरको तेस्रो बलमा अथर्व गुनेले सुदर्शनबाट क्याच गराए ।

नेपालले पहिलो विकेटका रुपमा दोस्रो ओभरको चौथो बलमा रित गौतमलाई गुमाएको थियो । रितलाई राहुल शर्माले १ रनमा विकेटकीपर अमन देसाईबाट क्याच गराए । दोस्रो विकेटका रुपमा आशिफ शेखलाई राहुललेनै देसाईबाट ८ रनमा क्याच गराउदै पेभिलिएन फर्काए ।

सुरुवाती दुई विकेट सस्तैमा गुमाएको नेपालले तेस्रो विकेटका लागि कप्तान रोहित कुमार पौडेलले र पवन सरार्फले ९० रनको साझेदारी गर्दै बलियो अवस्थामा पुर्याए । लगत्तै २० ओभरको दोस्रो बलमा सन्दीप जोरा डक आउट भए ।

भिम सार्कीले आक्रमक रुपमा ब्याटिङगर्दै १९ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै २६ रनमा आउट भए । कुशल मल्ल ७ बलमा समान १ छक्का र चौका प्रहार गर्दै १० रनमा पेभिलिएन फर्के । सिंगापुरका लागि अथर्व गुनेले ४, राहुल शर्मा र विनित मेहराले समान २(२ तथा सिंघवीले १ विकेट लिए ।

नेपालले दोस्रो खेल शनिवार यूएईसँग खेल्ने छ । नेपाल सहित आयोजक मलेसिया,यूएई,ओमान,कुवेत र सिंगापुरले प्रतिसप्रर्धा गरि रहेको प्रतियोगितामा शीर्ष स्थानमा हुने टोलीले आगमी वर्ष दक्षिण अफ्रिकामा हुने एक दिवसिय विश्वकप खेल्ने पाउने छ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.