7 years ago
April 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – धुर्मुस सुन्तली फाउन्डेसनले प्रदेश ३ को चितवनमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माणको लागि आयोजना गर्न लागेको मातृभुमि कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको जानकारी गराएको छ ।

हास्य कलाकार जोडी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै मातृभुमि क्रिकेटको तयारी पुरा भएको र मैदानमा टिकट काटेर खेल हेर्दै सहयोगको लागि सबैसँग अपिल गरेका छन् ।
मातृभुमि कपमा नेपाल ‘ए’ र नेपाल ‘बी’ बीच खेल हुनेछ । नेपाल ‘ए’ कप्तानी राष्ट्रिय टोलीका कप्तान पारस खड्काले गर्नेछन् । ‘बी’ कप्तानी उपकप्तान ज्ञानेन्द्र मल्लले गर्नेछन् । उक्त खेलअघि नेपाली कलाकार र सेलिब्रेटीबीच ६ ओभरको खेल खेलाइनेछ ।

खेल हेर्नका लागि टिकटदर ३०० रुपैया राखिएको छ । धुर्मुसले खेल हेर्नका लागि खेलाडी तथा सेलिब्रेटीहरुलाई पनि ३०० रुपैयाको टिकट काटेर तथा सञ्चारमाध्यमलाई पनि टिकट काट्न आह्वान गरेका छन् ।
धुर्मुसले यो अभियान धुर्मुस सुन्तली फाउन्डेसनको मात्र नभई सारा नेपालीहरुको एउटा साझा अभियान रहेको बताउदै यसका लागि हामी सबै नेपाली एकजुट हुन आवश्यक रहेको बताए । उनले मातृभुमि कपको आयोजनाले यो अभियानमा बिशेष सहयोग पुग्ने र यसमा सबैजनालाई सहभागिताको लागि अनुरोध गरे ।

सुन्तलीले रंगशाला निर्माणपछि नेपाली क्रिकेटको बिकासमा थप सहयोग पुग्ने अपेक्षा राख्दै रंगशालाको निर्माणपछि खेलाडीहरुले निरन्तर अभ्यास गर्ने पुर्वाधारका साथै अन्तर्राट्रिय खेलहरुमा सहभागिता जनाउन सक्ने औल्याए ।
नेपाली टोलीका कप्तान पारस खड्काले धुर्मुस सुन्तलीको अभियानलाई शनिबार एक दिनको लागि मात्र नभई अभियान पुरा नहुञ्जेल समर्थन गर्न अपिल गरे ।
चितवनको भरतपुरमा रहेको त्रिभुवन विश्वविद्यालयको २० बिघा र ६ कठ्ठा जमिनमा निर्माण गर्न लागिएको रंगशालाका लागि भरतपुर महानगरपालिकाले जग्गा प्रदान समेत गरिसकेको छ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]