7 years ago
April 13, 2019
एजेन्सी – ओपनर शिखर धवनले नटआउट ९७ रन जोडेपछि दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को २६ औं खेलमा कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको छ ।

कोलकाताले प्रस्तुत गरेको १ सय ७९ रनको लक्ष्य दिल्लीले १८.५ ओभरमा ३ विकेटको क्षतिमा प्राप्त गर्यो । ओपनर धवनले उत्कृष्ट ब्याटिङ गरेपछि दिल्लीले जित दर्ता गरेको हो । उनले ६३ बलको सामना गर्दै ११ चौका र २ छक्का प्रहार गरे । अर्का ओपनर पृथ्वी शाले ७ बलमा २ छक्कासहित १४ रन जोडे । कप्तान श्रेयस ऐर ६ रनमा कट बिहाइन्ड भए ।
तेस्रो विकेटका लागि धवन र ऋषभ पन्तले १ सय ५ रनको साझेदारी गरेपछि दिल्ली सहज जिततर्फ लम्केको थियो । पन्तले ३१ बलमा ४६ रन जोडे । उनले नितिश रानाको बलमा बाउन्ड्रीनजिक क्याच आउट हुनुअघि ४ चौका र २ छक्का प्रहार गरेका थिए । कोलिन इन्ग्रामले ६ बलमा १४ रन जोड्ने क्रममा १ चौका र विजयी छक्का प्रहार गरेका थिए । कोलकाताका नितिश राना, प्रशिध कृष्णा र आन्द्रे रसलले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७८ रन जोडेको थियो । कोलकाताका लागि ओपनरमा बढुवा भएका युवा ब्याट्सम्यान शुभ्मन गिलले सर्वाधिक ६५ रनको योगदान दिए । उनले ३९ बलमा ७ चौका र २ छक्का प्रहार गरे । अर्का ओपनर जो डेनली भने इनिङसको पहिलो बलमा नै बोल्ड भएका थिए ।
कोलकाताको मध्यक्रममा निकै राम्रो लयमा रहेका आक्रामक ब्याट्सम्यान आन्द्रे रसलले पुन: उत्कृष्ट ब्याटिङ गरे । उनले २१ बलमा ३ चौका र ४ छक्कासहित ४५ रन जोडे । रोविन उथाप्पाले ३० बलमा ४ चौका र १ छक्कासहित २८ रन जोडे । नितिश रानाले ११, कप्तान दिनेश कार्तिकले २ तथा कार्लोस ब्रेथवेटले ६ रन जोडे । तल्लोक्रममा पियुष चावलाले ६ बलमा १४ रन जोड्दै नटआउट रहे ।
दिल्लीका लागि सन्दीपको स्थान लिएका किमो पलले ४ ओभरमा ४६ रन खर्चेर २ विकेट हात पारे । क्रिस मोरिस र कागीसो रबाडाले पनि २-२ विकेट लिए ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]