default_image

5 years ago

April 13, 2019

भीम र हरिको अर्धशतकमा यूएईलाई ठूलो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – मध्यक्रमका ब्याट्सम्यान भीम सार्की र हरिबहादुर चौहानको अर्धशतकमा नेपालले आईसीसी यू-१९ विश्वकप छनोटको दोस्रो खेलमा यूएईलाई जितका लागि २ सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको क्वालालाम्पुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा अलआउट हुँदै २ सय ४७ रन बनायो । एक समय ११५-५ को स्थितिमा […]

45 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मध्यक्रमका ब्याट्सम्यान भीम सार्की र हरिबहादुर चौहानको अर्धशतकमा नेपालले आईसीसी यू-१९ विश्वकप छनोटको दोस्रो खेलमा यूएईलाई जितका लागि २ सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मलेसियाको क्वालालाम्पुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा अलआउट हुँदै २ सय ४७ रन बनायो । एक समय ११५-५ को स्थितिमा पुगेको नेपाली टोलीलाई भीम र हरिको छैटौं विकेटको साझेदारीले उकासेको थियो । भीम ५३ रनमा क्याच आउट हुनुअघि यी दुईले ९२ रनको साझेदारी गरे । भीमले ५४ बलको सामना गर्दै ४ चौका र २ छक्का प्रहार गरे । हरिले आक्रामक ब्याटिङ गर्दै नेपाललाई बलियो स्कोरसम्म पुर्याए । उनले ७५ बलको सामना गर्दै ७ चौकाको मदतले नटआउट ६७ रन जोडे ।

त्यसअघि नेपालले पहिलो विकेटका रुपमा पवन सरार्फलाई तेस्रो ओभरको पाँचौ बलमा १२ रनमा गुमाएको थियो । सरार्फलाई मोहम्मद फराजुद्दीनले विकेटकीपर अरविन्द्रबाट क्याच आउट गराए । त्यस्तै दोस्रो विकेटका रुपमा आशिफ शेख १६ ओभरको पहिलो बलमा ३८ बलमा ५ चौका प्रहार गर्दै २७ रनमा पेभिलिएन फर्किए । आशिफलाई मुखर्जीले मोहम्मद फराजुद्दीनबाट क्याच गराए ।

त्यस्तै २२ औं ओभरको पहिलो बलमा मुखर्जीलेनै रोहित कुमार पौडेलाई १८ रनमा आउट गरे । रोहितले २३ बलमा ३ चौका प्रहार गरे । २३ औं ओभरको अन्तिम बलमा सन्दीप जोरालाई ४ रनमा क्याच आउट भएपछि नेपाल दवावमा परेको थियो । नेपालका लागि ओपनर रित गौतमले ४४ रन जोडे । उनले ७३ बलमा ३ चौका सहित ४४ रनको योगदान दिए । उनी २६ औं ओभरमा क्याच आउट भएका थिए । अन्य ब्याट्सम्यानमा कुशल मल्ल र राशिद खानले १-१ तथा कमलसिंह ऐरी र सागर ढकालले २-२ रनमात्र जोडे । यूएईका लागि ऋषभ मुखर्जीले ४ तथा मोहमद फरजुद्दीनले ३ विकेट हात पारे ।

प्रतियोगितामा नेपालसहित मलेसिया, सिंगापुर, कुवेत, यूएई र ओमान छन् । शीर्षस्थानमा रहने टोलीले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ विश्वकप क्रिकेट खेल्ने छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गर्दै सानदार सुरुवात गरेको थियो । यूएईले पनि मलेसियामाथि ५ विकेटको जित दर्ता गर्दै सुखद सुरुवात गरेको छ ।

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

Success

Thank you for your time.