default_image

7 years ago

April 13, 2019

नेपाल यूएईसँग १ रनले पराजित

166 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी यू-१९ विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको दोस्रो खेलमा नेपाल यूएईसँग डकवर्थ लेविस मेथडका आधारमा १ रनले पराजित भएको छ । यस पराजयले नेपालको विश्वकपमा छनोट हुने लक्ष्यमा ठूलो धक्का पुगेको छ ।

नेपालले प्रस्तुत गरेको २ सय ४८ रनको लक्ष्य पछ्याउने क्रममा यूएई ३० अोभरमा ३ विकेटको क्षतिमा १ सय २२ रन जोड्दा वर्षा बाधक बन्यो । सो अवस्थामा खेल सुचारु हुन नसक्दा नेपाल डकवर्थ लेविसका आधारमा १ रनले पराजित भएको हो । यूएईबाट तेस्रो विकेटका लागि व्रित्य अरविन्द र अंश टन्डनले १ सय १ रनको उत्कृष्ट साझेदारी गरेपछि नेपाल खेलमा पछि परेको थियो ।

त्यसअघि नेपालले यूएईका दुवै अोपनरलाई सस्तैमा पेभेलियन फर्काएको थियो । साएद हैदर ११ र कप्तान आर्यन लाक्रा ४ रनमा आउट भए । अरविन्द ४७ रनमा नटअाउट रहे । उनले ८२ बल खेल्दै ४ चौका प्रहार गरे । वर्षाले खेल रोकिनुअघिको अन्तिम बलमा सागर ढकालले अंशको विकेट लिएपनि त्यसले निर्णय लिन भने सहयोग पुगेन । उनले ८५ बलमा ४ चौकासहित ५४ रन जोडे ।

त्यसअघि मलेसियाको क्वालालाम्पुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा अलआउट हुँदै २ सय ४७ रन बनायो । एक समय ११५-५ को स्थितिमा पुगेको नेपाली टोलीलाई भीम र हरिको छैटौं विकेटको साझेदारीले उकासेको थियो । भीम ५३ रनमा क्याच आउट हुनुअघि यी दुईले ९२ रनको साझेदारी गरे । भीमले ५४ बलको सामना गर्दै ४ चौका र २ छक्का प्रहार गरे । हरिले आक्रामक ब्याटिङ गर्दै नेपाललाई बलियो स्कोरसम्म पुर्याए । उनले ७५ बलको सामना गर्दै ७ चौकाको मदतले नटआउट ६७ रन जोडे ।

त्यसअघि नेपालले पहिलो विकेटका रुपमा पवन सरार्फलाई तेस्रो ओभरको पाँचौ बलमा १२ रनमा गुमाएको थियो । सरार्फलाई मोहम्मद फराजुद्दीनले विकेटकीपर अरविन्द्रबाट क्याच आउट गराए । त्यस्तै दोस्रो विकेटका रुपमा आशिफ शेख १६ ओभरको पहिलो बलमा ३८ बलमा ५ चौका प्रहार गर्दै २७ रनमा पेभिलिएन फर्किए । आशिफलाई मुखर्जीले मोहम्मद फराजुद्दीनबाट क्याच गराए ।

त्यस्तै २२ औं ओभरको पहिलो बलमा मुखर्जीलेनै रोहित कुमार पौडेलाई १८ रनमा आउट गरे । रोहितले २३ बलमा ३ चौका प्रहार गरे । २३ औं ओभरको अन्तिम बलमा सन्दीप जोरालाई ४ रनमा क्याच आउट भएपछि नेपाल दवावमा परेको थियो । नेपालका लागि ओपनर रित गौतमले ४४ रन जोडे । उनले ७३ बलमा ३ चौका सहित ४४ रनको योगदान दिए । उनी २६ औं ओभरमा क्याच आउट भएका थिए । अन्य ब्याट्सम्यानमा कुशल मल्ल र राशिद खानले १-१ तथा कमलसिंह ऐरी र सागर ढकालले २-२ रनमात्र जोडे । यूएईका लागि ऋषभ मुखर्जीले ४ तथा मोहमद फरजुद्दीनले ३ विकेट हात पारे ।

प्रतियोगितामा नेपालसहित मलेसिया, सिंगापुर, कुवेत, यूएई र ओमान छन् । शीर्षस्थानमा रहने टोलीले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ विश्वकप क्रिकेट खेल्ने छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गर्दै सानदार सुरुवात गरेको थियो । यूएईले पनि मलेसियामाथि ५ विकेटको जित दर्ता गर्दै सुखद सुरुवात गरेको छ ।

पहिलो खेलमा सहज जित दर्ता गरेको नेपालको यस पराजयले भने छनोटबाट बञ्चित हुने डर बढेको छ । यूएईले भने लगातार दोस्रो जित दर्ता गरेको छ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.