default_image

7 years ago

April 13, 2019

मातृभूमि कप : भारीको घातक बलिङमा पारसको टोली पराजित

153 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – धुर्मुस-सुन्तली फाउन्डेसनद्धारा निमार्णधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निमार्ण सहयोगार्थ आयोजना गरिएको मैत्रीपूर्ण क्रिकेट मातृभूमि कप आज काठमाडौंमा सम्पन्न भएको छ । मैत्रीपूर्ण क्रिकेटमा राष्ट्रिय टिमका कप्तान पारस खड्का रहेको टिम ‘ए’ लाई ज्ञानेन्द्र मल्ल कप्तान रहेको टिम ‘बी’ ले २४ रनले पराजित गरेको छ ।

ज्ञानेन्द्र मल्ल र सुशन भारी

टियू क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको मल्लको टिम बी ले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४४ रन बनाएको थियो । ओपनर प्रदीप ऐरीले ५७ बलमा ३ चौका प्रहार गर्दै ४६ रनमा क्याच आउट भए । ऐरी दिलस्कुप शट प्रहार गर्न खोज्दा भुवन कार्कीले उत्कृष्ट क्याच लिदै पभिलिएन फर्काए ।

त्यस्तै विनोद भण्डारीले २५ बलमा ४ चौका प्रहार गर्दै ३० रनमा आउट भए । दिपेन्द्र सिंह ऐरी १८ र राजु रिजाल २० रनमा आउट भए । राजु रिजालले ठूलो शट प्रहार गर्ने क्रममा बाउन्ड्री लाईन नजिकै पारसले जादुमय क्याच गर्दै पेभिलिएन फर्काएका थिए ।टिम बी लाई सस्तैमा समेट्न भुवन कार्कीले २,सोमपाल कामी,शरद भेषवाकर र अभिनाष बोहोराले समान १ विकेट लिए ।

१ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको पारसको ए टोली निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २० रन मात्र बनाउन सक्यो । उसका लागि ओपनर अलिन कुमार शाहले २५ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ४१ रनको आक्रमक पाली खेलेपनि टोलीका अन्य ब्याट्सम्यान चल्न नसक्दा पराजित हुन पुग्यो । शरद भेषावकर २७, पारस खड्का ४, सुमित महर्जन ७, पृथु बास्कोटा ८, सोमपाल कामी ४ र अमर सिंह राउटेला ७ रनमा आउट भए ।

कप्तान पारस र शरदलाई सुसन भारीले बोल्ड आउट गरे । त्यस्तै महर्जन र बास्कोटा भारीको एलबीडब्लू शिकार बने । सुसन भारीले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । त्यस्तै करण केसी, दिपेन्द्र सिंह ऐरी र जितेन्द्र मुखियाले समान १ विकेट हात पारे । भारीनै म्यान अफ द म्याच चुनिए ।

यसअघि दर्शकहरुलाई मनोरन्ज प्रदान गर्नको लागि भएको पहिलो खेलमा आर्टिस ए ले आर्टिस बी लाई ५ रनले हरायो । मदनकृष्ण कप्तान समेत रहेको ए ले पहिला ब्याटिङ गर्दै निर्धारित १० ओभरमा ५ विकेट गुमाउँदै ७६ रन जोडेको थियो ।

कुमार कट्टेल जिग्री

उसका लागि कुमार कट्टेल (जिग्री)ले २६ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै २९ रन बटुले । त्यस्तै हेम राज बिसीले १३ रन बटुले । २१ रन अतिरिक्त पाएको थियो । राजा राजेन्द्र,मिन राज पोखरेल र शिशिर भण्डारी र मोस्टे गुरुङले समान १ विकेट हात पारे ।

७७ रनको लक्ष्य पछ्पाएको सुनिल थापा कप्तान रहेको बीले निर्धारित १० ओभरमा ५ विकेटको क्षतिमा ७१ रन बनायो । उसका लागि मिराजन प्रधान १० र विरेन्द्र हमालले २० रन जोडे । ,अनोमल गुरुङ,सुरेश न्यौपाने र दिलिप ओखदाले समान एक विकेट लिए ।

जिग्री म्यान अफ द म्याच समेत चुनिए । खेलमा अर्जुन घिमिरे(पाडे)ले कमिनेन्टर गर्दै दर्शकलाई अझ मनोरन्जन प्रदान गरि रहेका थिए । आसा गरे अनुसार दर्शक भने खेल हेर्न आएका थिएनन् ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.