default_image

7 years ago

April 13, 2019

बटलरको विष्फोटक ब्याटिङमा राजस्थानको जित

99 views

0 Bookmark

एजेन्सी – ओपनर जस बटलरले आक्रमक अर्धशतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को २७ औं खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ४ विकेटले हराएको छ । यो राजस्थानको दोस्रो जित हो ।

१ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले ३ बल अगाडी ६ विकेटको क्षतिमा पुरा गर्यो । राजस्थानको जितमा ओपनर बटलरले मात्र ४३ बलमा ८ चौका र ७ छक्का प्रहार गर्दै ८९ रनको विष्फोटक ब्याटिङ गरे । बटलरलाई १४ ओभरको दोस्रो बलमा युवा स्पिनर राहुल चाहरले सुर्य कुमार यादवबाट क्याच आउट गराएपछि शतक बनाउन चुकेका थिए । त्यस्तै कप्तान अजिंक्या रहाणेले २१ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ३७ रन बटुले ।

सन्जु स्यामसन ३१ र स्टिभ स्मिथ १२ रनमा आउट भए । राजस्थानले अन्तिम समयतिर ५ रन जोड्न ४ विकेट गुमाएपछि खेल रोमान्चक मोडमा पुगेको थियो । तर श्रेयस गोपालले ७ बलमा २ चौका प्रहार गर्दै १३ रनमा अविजित रहेपछि राजस्थान विजयी भएको हो । मुम्बईका लागि कु्रनाल पान्ड्याले ४ ओभरमा ३४ रन खर्चेर ३,जसप्रित बुमराह २ र राहुल चाहरले एक विकेट लिए ।

त्यसअघि घरेलु मैदान वानखेडेमा टस हारेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८७ रन बनायो । मुम्बईका लागि ओेपनर क्विन्टन डी ककले ५२ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ८१ रन बनाएपनि त्यो जितको लागि प्राप्त रहेन। डी ककलाई जोफ्रा आर्चरले १९ ओभरको तेस्रो बलमा विकेटकीपर जस बटलरबाट क्याच गराए । त्यस्तै अर्का ओपनर रोहित शर्माले ३२ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ४७ रनमा आउट भए ।

पहिलो विकेटका लागि शर्मा र डी ककले १०.५ ओभर सम्म ९६ रनको उत्कृष्ट साझेदारी गर्दै सानदार सुरुवात दिलाएका थिए । शर्मालाई जोफ्रा आर्चरले विकेटकीपर जस बटलरबाट क्याच गराउँदै साझेदारी तोडे। १४ ओभरको पहिलो बलमा धवन कुलकर्णीले सुर्य कुमार यादवलाई १६ रनमा बोल्ड आउट गर्दिए ।

पन्जावसँगको खेलमा विष्फोटक ब्याटिङ गरेका काइरन पोलार्डलाई जोफा आर्चरले १७ ओभरको दोस्रो बलमा श्रेयस गोपालबाट ६ रनमा क्याच आउट गराए । हार्दिक पान्ड्याले ११ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै २८ रनमा अविजित रहे । राजस्थानका लागि जोफ्रा आर्चरले ४ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए । त्यस्तै धवन कुलकर्णी र जयदेव उनादकटको नाममा समान १ विकेट रह्यो ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.