5 years ago
April 13, 2019
एजेन्सी – ओपनर क्रिस गेल शतक बनाउन चुक्दा इन्डियन प्रिमियर लिग(आईपीएल) को २८ औं खेलमा किंग्स इलाभेन पन्जावले रोयल च्यालेन्जर्स बेंगलोरलाई १ सय ७४ रनको लक्ष्य दिएको छ । घरेलु मैदान मोहालीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पन्जावले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७३ रन बनायो । पन्जावलाई बलियो अवस्थामा पुर्याउन […]
एजेन्सी – ओपनर क्रिस गेल शतक बनाउन चुक्दा इन्डियन प्रिमियर लिग(आईपीएल) को २८ औं खेलमा किंग्स इलाभेन पन्जावले रोयल च्यालेन्जर्स बेंगलोरलाई १ सय ७४ रनको लक्ष्य दिएको छ ।
घरेलु मैदान मोहालीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पन्जावले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७३ रन बनायो ।
पन्जावलाई बलियो अवस्थामा पुर्याउन ओपनर गेल सानदार ब्याटिङ गरेपनि शतक बनाउन १ रनले चुके । अन्त्यसम्म नटआउट रहेका गेलले २० औं ओभरको चौथो बलमा मोहम्मद सिराजलाई चौका प्रहार गर्दै आफ्नो व्यक्तिगत स्कोर ९५ पुर्याए । पाँचौ बल डट खादा अन्तिममा चौका प्रहार गर्दा शतकको लागि १ रनले पुगेन । गेल ६४ बलमा १० चौका र ५ छक्का प्रहार गर्दै ९९ रनमा नट आउट रहे ।
गेलले ओपनर लोकेश(केएल) राहुलसँग पहिलो विकेटका लागि ६६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । सातौं ओभरको दोस्रो बलमा युजवेन्द्र चाहलले विकेटकीपर पार्थिव पर्टेलबाट स्टम्पिङ आउट गराउनु अघि राहुलले १५ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १८ रन जोडे । मयंक अग्रवाल र सरफराज खान समान १५ रनमा आउट भए । मन्दीप सिंह १८ रनमा अविजित रहे । बेंगलोरका लागि युजवेन्द्र चाहलले २,मोईन अली र मोहम्मद सिराजले समान १ विकेट लिए ।
जारी आईपीएलमा पन्जावले ७ खेलमा ४ मा जित र ३ मा हारका साथ अंक तालिकामा पाँचौ स्थानमा रहँदा बेंगलोर ६ खेलमा ६ मा पराजित हुँदै पुछारमा छ । आजको खेलमा बेंगलोर पराजित भए लगभग समुह चरणबाट बाहिरने पहिलो टिम बन्ने छ ।
April 25, 2024
एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]
April 25, 2024
काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]
April 25, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]