7 years ago
April 14, 2019
एजेन्सी – रोयल च्यालेनजर्स बंगलोरले इन्डियन प्रिमियर लिग(आईपीएल) मा पहिलो जित निकालेको छ । शनिबार राती सम्पन २८ औं खेलमा किंग्स इलाभेन पन्जावलाई ८ विकेटले पराजित गर्दै बेंगलोरले पहिलो जित हात पारेको हो । यस अघि बेंगलोर सुरुवाती ६ वटै खेलमा पराजित भएको थियो ।

१ सय ७४ रनको लक्ष्य पछ्पाएको बेंगालेरले ४ बल अगाडीनै २ विकेटको क्षतिमा पुरा गर्यो । बेंगलोरको जितमा नायक बनेका एवी डी भिलियर्स ३८ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै रनमा ५९ अविजित रहे । मार्कस स्टोइनिसले १६ बलमा ४ चौका सहित २८ रन जोडे ।
ओपनर तथा कप्तान विराट कोहलीले ५३ बलमा ८ चौका प्रहार गर्दै ६७ रनमा आउट भए । कोहलीलाई १६ ओभरको तेस्रो बलमा मोहम्मद सामीले मुरुगन आश्विनबाट क्याच आउट गराए । त्यस अघि पार्थिव पटेलसँग कोहलीले पहिलो विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए । चौथो ओभरको पाँचौ बलमा आश्विनले क्याच आउट गराउनु अघि ९ बलमा ४ चौका प्रहार गर्दै १९ रनमा पेभिलिएन फर्के ।
कोहली र एवी डी भिलियर्सले दोस्रो विकेटका लागि ८५ रनको साझेदारी गर्दै इनिङ्स उकासे । १८ औं ओभरका एन्ड्रयू टाईलाई मार्कस स्टोइनिसले २ चौका र डी भिलियसले १ छक्का प्रहार गर्दै कुल १८ रन जोडेपछि बेंगलोरको जित सहज बनेको थियो । पन्जावका लागि मोहम्मद सामी र रविचन्द्र आश्विनले समान १ विकेट लिए ।
त्यस अघि घरेलु मैदान मोहालीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पन्जावले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७३ रन बनायो ।
पन्जावलाई बलियो अवस्थामा पुर्याउन ओपनर क्रिस गेल सानदार ब्याटिङ गरेपनि शतक बनाउन १ रनले चुके । अन्त्यसम्म नटआउट रहेका गेलले २० औं ओभरको चौथो बलमा मोहम्मद सिराजलाई चौका प्रहार गर्दै आफ्नो व्यक्तिगत स्कोर ९५ पुर्याए । पाँचौ बल डट खादा अन्तिममा चौका प्रहार गर्दा शतकको लागि १ रनले पुगेन । गेल ६४ बलमा १० चौका र ५ छक्का प्रहार गर्दै ९९ रनमा नट आउट रहे पनि त्यो जितको लागि प्राप्त रहेन ।
गेलले ओपनर लोकेश(केएल) राहुलसँग पहिलो विकेटका लागि ६६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । सातौं ओभरको दोस्रो बलमा युजवेन्द्र चाहलले विकेटकीपर पार्थिव पर्टेलबाट स्टम्पिङ आउट गराउनु अघि राहुलले १५ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १८ रन जोडे । मयंक अग्रवाल र सरफराज खान समान १५ रनमा आउट भए । मन्दीप सिंह १८ रनमा अविजित रहे । बेंगलोरका लागि युजवेन्द्र चाहलले २,मोईन अली र मोहम्मद सिराजले समान १ विकेट लिए ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]