default_image

7 years ago

April 14, 2019

नेपालले यूएईसँग हार्नुको प्रमुख ३ कारण

112 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी यू-१९ विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको दोस्रो खेलमा शनिबार नेपाल यूएईसँग डकवर्थ लेविस मेथडका आधारमा १ रनले पराजित भएको छ । यस पराजयले नेपालको विश्वकपमा छनोट हुने लक्ष्यमा ठूलो धक्का पुगेको छ ।

नेपालले प्रस्तुत गरेको २ सय ४८ रनको लक्ष्य पछ्याउने क्रममा यूएई ३० ओभरमा ३ विकेटको क्षतिमा १ सय २२ रन जोड्दा वर्षा बाधक बन्यो । सो अवस्थामा खेल सुचारु हुन नसक्दा नेपाल डकवर्थ लेविसका आधारमा १ रनले पराजित भएको हो ।

नेपालका लागि यू १९ क्रिकेटमा डेब्यू गरेका हरि बहादुर चौहानले ६७ र भिम सार्कीले ५३ रन बनाएपनि हार टार्न सकेनन् । हारका बाबजुद चौहान खेलमा म्यान अफ द म्याच चुनिए । यो हारसँगै अब नेपालले बाँकी खेलमा मलेसिया, कुवेत र ओमानलाई पराजित गरेर मात्र हुँदैन, यूएईको नतिजा पनि अनुकूल आउनुपर्ने हुन्छ । नेपालले यूएईसँग हानुको प्रमुख ३ कारण यस प्रकार छन् ।

३. कमजोर ब्याटिङ

नेपालको आजको हारको कारण मध्य एक ब्याटिङ पनि हो । ओपनर रित गौतम र पवनर सरार्फले पहिलो विकेटका लागि २२ रनको साझेदारी गरेका थिए । पवन १२ रनमा आउट भएसँगै मध्यक्रममा कप्तान रोहित कुमार पौडेल १८, आशिफ शेख २७, सन्दीप जोरा ४ र रित गौतम ४४ रनमा आउट हुँदा २६ ओभरमा ११५–५ को कमजोर अवस्थामा पुगेको थियो ।

छैटौं विकेटका लागि हरि बहादुर चौहार र भिम सार्कीले ९२ रनको साझेदारी गर्दै नेपालको इनिंग उकासे । तर भीम ४३ ओभरको पहिलो बलमा ५४ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५३ रनमा आउट भएपछि नेपालको विकेट निरन्तर गुमायो । कमलसिंह ऐरी र सागर ढकाल समान दुई तथा कुशल मल्ल र राशिद खान समान १–१ रनमा आउट भए ।

चौहानलाई भीम बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो साथ दिन सकेनन् । चौहान ७४ बलमा ७ चौका प्रहार गर्दै ६७ रनमा अविजित रहे । मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यानले जिम्मेवारीका साथ ब्याटिङ गर्न सकेको भए नेपालले अरु ३०-३५ रन जोड्न सक्थ्यो । जसले गर्दा लक्ष्य पनि विशाल हुनुका साथ डकअर्थ लेविस मेथर्डमा पनि नेपाललाई फाईदा पुग्दै विजय हुन सक्थ्यो ।

२.अरविन्द्र र टन्डनरको सतकीय साझेदारी

नेपालको हारको अर्को प्रमुख कारण को यूएईका लागि व्रित्य अरविन्द्र र अंश टन्डनरले तेस्रो विकेटका लागि गरेको शतकीय साझेदारी । नेपालले पहिलो ओभरको अन्तिम बलमा यूएईका कप्तान आर्यन लाक्रालाई ४ रनमा आउट गरेको थियो । त्यस्तै पाँचौ ओभरको चौथो बलमा सायद हैदरलाई ११ रनमा आउट गर्दै सुरुवात गरेको थियो । तर तेस्रो विकेटका लागि व्रित्य अरविन्द्र र अंश टन्डनरले १ सय १ रनको साझेदारी गर्दै नेपालका बलरलाई दवावमा राखेका थिए ।

३० ओभरको अन्तिम बलमा टन्डनरलाई सागर ढकालले ५४ रनमा क्याच आउट गर्दै साझेदारी तोडेको वेला वर्षा सुरु भएको थियो । तर वर्षा नरोकिएपछि खेल डकअर्थ लेविसमा पुग्यो । यी दुईको साझेदारी छिट्टै तोड्न सकेको भए युएईले ३० ओभरमा १ सय २२ रन नबनाउन पनिसक्थ्यो साथै अरु एक दुई विकेट बढि गुम्न सक्थ्यो । यूएईको अरु दुई विकेट बढि गएको भएपनि नेपाल विजय हुने थियो । तर विकेट ३ मात्र गुमेको अवस्थामा यूएईलाई फाईदा पुग्यो ।

१. वर्षा

नेपालले आजको हार्नुको मुख्य कारण वर्षा नै हो । यदी वर्षाको कारण खेल सुचारु भएको खण्डमा नेपालको जितको संभावना उच्च थियो । ३० ओभरमा यूएईले १ सय २२ रन बनाउन ३ ब्याट्सम्यान गुमाई सकेको थियो । उसलाई जित्न अरु २० ओभरमा १ सय २५ रन बनाउनु पथ्र्यो । जुन रन जोड्न दवावकाबीच खेल्दा खराब सट खेल्नुका साथै विकेट गुम्ने उच्च सम्भावना थियो । नेपाली कसिलो बलिङसामु २० ओभरमा १ सय २५ रन जोड्न यूएईलाई कठिन थियो । तर दुर्भाग्य भन्नुपर्छ वर्षाको कारण नेपाल १ रनले पराजित हुन पुग्यो ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.