default_image

5 years ago

April 14, 2019

२०७५ मा नेपाली क्रिकेटमा ५ उत्कृष्ट क्षण

भुपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेटका लागि वि.सं २०७५ ऐतिहासिक र कीर्तिमानी रह्यो । यो वर्ष नेपाली क्रिकेटमा धेरै सफलता र थोरै असफलता रहे । एमसीसी, नेदरल्यान्डसँग लड्समा त्रिकोणात्मक टी ट्वान्टी सिरिज खेल्दै २०७५ वर्षको सुरुवात गरेको नेपालले गत माघमा यूएईसँग समान तीन टी ट्वान्टी र वान डे सिरिज खेल्दै यो वर्ष समाप्त गर्यो । नेपालले […]

22 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

नेपाली क्रिकेटका लागि वि.सं २०७५ ऐतिहासिक र कीर्तिमानी रह्यो । यो वर्ष नेपाली क्रिकेटमा धेरै सफलता र थोरै असफलता रहे । एमसीसी, नेदरल्यान्डसँग लड्समा त्रिकोणात्मक टी ट्वान्टी सिरिज खेल्दै २०७५ वर्षको सुरुवात गरेको नेपालले गत माघमा यूएईसँग समान तीन टी ट्वान्टी र वान डे सिरिज खेल्दै यो वर्ष समाप्त गर्यो ।

नेपालले यो वर्ष कुल २१ अन्तर्राष्ट्रिय खेलमा १३ मा जित,६ मा पराजित २ हुँदा खेल नतिजा विहिन रह्यो । त्यस्तै महिला क्रिकेट टोलीले कुल १२ अन्तर्राष्ट्रिय खेलमा १० मा जित र २ मा पराजित भयो । यो वर्ष सफलता मात्र होईन एसिया कप छनोटमा खराब प्रर्दशनसँगै क्रिकेटका पावर हाउस भारत र पाकिस्तानसँग खेल्ने अवसर पनि गुमायो । यो वर्ष नेपाली क्रिकेटका केहि यस्ता क्षण रहे, जुन क्षणले २०७५ साललाई भने सम्झाइरहने छ । नेपाली क्रिकेटमा २०७५ सालको ५ उत्कृष्ट क्षण :

५. रोमान्चक ओडीआई डेब्यू र पहिलो जित

गत चैत एक मा वान डे मान्यता पाएको नेपालले डेब्यू भने साउन १६ मा नेदरल्यान्डसँग गरेको थियो । डेब्यू खेलमै नेपाल ५५ रनले पराजित भयो । साउन १८ मा भएको दोस्रो तथा अन्तिम खेलमा नेदरल्यान्डमाथि १ रनको रोमान्चक जित निकाल्दै पहिलो वान डे जित आत्मसात गर्न सफल भयो । टस जितेर पहिला ब्याटिङ थालेको नेपालले पारस खड्का ५१ र सोमपाल कामीले ६१ रन बनाएपछि निर्धारित ५० ओभरमा २ सय १६ रन बनाउदै नेदरल्यान्डसामु मध्यम लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफमा २ सय १७ रनको लक्ष्य पक्ष्याएको नेदरल्यान्ड्सलाई ५० ओभरमा २ सय १५ रनमा रोक्दै नेपालले रोमान्चक जित निकालेको थियो । अन्तिम ओभरमा ६ रन चाहिएको अवस्थामा कप्तान पारस खड्काले ५ रन खर्चेर फ्रेड क्लासेनलाई अन्तिम बलमा रन आउट गर्दै नेपाललाई पहिलो वान डे जित दिलाएका थिए । नेपाली क्रिकेट ईतिहासमा पहिलो वान डे डेब्यू र जितको कुरा गर्दा यो वर्षलाई सधैं सम्झिने छ । यहि खेलबाट नेपालले उच्च स्तरको खेल सुरु गरेको हो । जुन नेपाली क्रिकेटका लागि २०७५ को सम्झनलायक क्षण पनि हो ।

४. आईसीसी विश्व टी–२० एसिया क्षेत्र छनोट ‘बी’ च्याम्पियन

चाहे त्यो सानो होस वा ठूलो, उपाधि भनेको उपाधि नै हो । असोजमा आईसीसी विश्व टी २० एसिया रिजन क्यालिफायर बी को उपाधि नेपाले २०७५ मा जितेको पहिलो उपाधि समेत हो । तुलानात्मक रुपमा कमजोर टिमसँग प्रतिस्पर्धा गरेको नेपालले सिंगापुर, मलेसिया, भुटान, म्यानमार, चीन र थाइल्यान्डलाई पछि पार्दै च्याम्पियन बनेको थियो ।

प्रतिस्पर्धी टोली अनुसार नेपालले उपाधि जित्नु कुनै ठूलो कुरा भने थिएन । यो प्रतियोगिता अर्को वर्ष अष्ट्रेलियामा हुने विश्वकपको पहिलो खुड्किलोको रुपमा रहेको थियो । नेपालले यस वर्ष जितेका तीन उपाधी मध्य यो एक हो ।

३. रोहित – जोराको विश्व कीर्तिमान, पारसको शतक, सोमपालको पाँच विकेट

विश्व क्रिकेटमा नेपालले रेकर्ड बनाउनु पक्कै चानचुके कुरा होइन । माघमा युएईसँगको दोस्रो वान डे खेलमा नेपालका रोहित कुमार पौडेलले ५५ रन प्रहार गर्दै १६ वर्ष १ सय ४६ दिनको उमेरमा अर्धशतक प्रहार गरे । यति सानो उमेरमा वान डे क्रिकेटमा अर्धशतक प्रहार गर्ने रोहित विश्वकै कान्छा खेलाडी बने । जुन रेकर्ड कायम गर्न रोहितले क्रिकेटका भगवानका रुपमा चिनिने सचिन तेन्दुल्कर र बुम बुम अफ्रिदीको उपनामले चिनिने पाकिस्तानी पूर्वकप्तान साहिद अफ्रिदी जस्ता विश्व स्टारको रेकर्ड भंग गरे ।

यूएईविरुद्ध अर्धशतक प्रहार गरेपछि रोहितकुमार पौडेल

सचिन र अफ्रिदीको रेकर्ड  नेपाली खेलाडीले तोड्नु आफैंमा ठूलो कुरा हो । त्यस्तै सन्दीप जोरा माघमानै यूएईसँगको पहिलो टी २० खेलमा डेब्यूमै ५३ रनको नट आउट इनिङ्स खेले । जुन समय जोरा १७ वर्ष १ सय ३ दिनका पुगेका थिए । टी २० क्रिकेटमा सर्वाधिक सानो उमेरमा अर्धशतक बनाउने रेकर्ड कायम गरे । यी दुई विश्व रेकर्डले यो वर्षलाई सधैं सम्झाई रहने छ ।

त्यस्तै यूएईसँगको दोस्रो वान डे खेलमा सोमपालले घातक बलिङ गर्दै एक्लै ५ विकेट लिएपछि २ सय ४३ रनको लक्ष्य पछ्याएको यूएई ९७ रनमा समेटियो । ओडीआईमा ५ विकेट लिने सोमपाल नेपालबाट पहिलो बलर बने ।

यूएईसँगको तेस्रो वान डे खेलमा कप्तान पारस खड्काले सानादर शतक प्रहार गरे । २ सय ५५ रनको लक्ष्य पक्ष्याएने क्रममा कप्तान पारस खड्काले १ सय ९ बलमा १५ चौका र १ छक्का प्रहार गर्दै १ सय १५ रनको उत्कृष्ट शतक प्रहार गरे । पारस वान डे क्रिकेटमा नेपालबाट वान डे शतक प्रहार गर्ने पहिलो कप्तान मात्र बनेनन् उक्त खेल ४ विकेटले जिताउँदै तीन ओडीआई सिरिज २–१ले जिताए पनि । जुन नेपालले जितेको पहिलो वान डे सिरिज थियो । त्यसैले यो वर्ष सकिएपनि खेलाडीको व्यक्तिगत कीर्तिमानले यो वर्षलाई सम्झाई राख्ने छ ।

२. पहिलो वान डे र टी २० सिरीज जित

गत माघमा नेपालले वान डे टी ट्वान्टी दुवै सिरिजमा युएईलाई २–१ ले हराउँदै इतिहास रच्यो । नेपाल यूएईसँगको पहिलो वान डे खेलमा ३ विकेटले पराजित भयो । नेपालले प्रस्तुत गरेको १ सय १४ रनको सामान्य लक्ष्य यूएईले ७ विकेटको क्षतिमा ३२.१ ओभरमा पुरा गर्यो । दोस्रो खेलमा नेपालले यूएईलाई १ सय ४५ रनले हराउँदै तीन वान डे श्रृंखला १–१ को बराबरीमा ल्यायो । सोमपालले ५ विकेट लिएपछि २ सय ४३ रनको लक्ष्य पक्ष्याएको यूएई ९७ रनमा समेटियो । तेस्रो वान डे खेलमा २ सय ५५ रनको लक्ष्य पक्ष्याउने क्रममा कप्तान पारसले सानदार शतक प्रहार गरेपछि यूएईलाई ४ विकेटले हराउँदै पहिलो वान डे सिरिज २–१ ले जितेको थियो । जुन नेपाली क्रिकेटका लागि साँच्चै गर्व गर्न लाएक र ऐतिहासिक दिन थियो ।

यूएईमा ओडीआई र टि-२० सिरिज जितेपछि नेपाली टोली

पहिलो ट्वान्टी-२० खेलमा १ सय ५४ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३२ रन मात्र बनाउन सकेपछि २१ रनले पराजित भयो । तर बाँकी दुई खेलमा भने नेपालले उत्कृष्ट पुनरागमन गर्यो । दोस्रो खेलमा १ सय ८ रनको लक्ष्य नेपालले ३ बल अगाडी नै ६ विकेटको क्षतिमा पुरा गर्दै सिरिज बराबरीमा पुर्यायो । वर्षाले प्रभावित अन्तिम खेलमा यूएईलाई १४ रनले पराजित गर्दै नेपालले तीन टी ट्वान्टी सिरिज २–१ ले जित्न सफल भयो । पहिलो पटक दुवै सिरिज जित्दै नेपालले इतिहास रचेको थियो । जुन सिरिजलाई नेपाली क्रिकेटले सम्झि रहने छ ।

१. अन्तर्राष्ट्रिय फेन्चाईज लिगमा सन्दीपको सफलता

यस वर्ष लेग स्पिनर सन्दीप लामीछानेले निरन्तर अन्तर्राष्ट्रिय फेन्चाईज लिगमा उत्कृष्ट प्रर्दशन गरिरहँदा नेपाली किक्रेटको सान विश्वसामु अझ उच्च बन्दै साच्च गर्व गर्न मिल्थ्यो । गत वैशाखमा विश्वकै सर्वाधिक लोकप्रिय इन्डियन प्रिमियर लिग(आईपीएल) बाट सुरु गरेका सन्दीपले क्यारेवियन प्रिमियर लिग, टी २० क्यानडा, टी टेन, विश्व चर्चित विग ब्यास, अफगानिस्तान प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग, पाकिस्तान प्रिमियर लिग हुँदै पुन आईपीएल खेलि रहँदा २०७५ वर्षको अन्त्य भएको छ ।

बिग ब्यासमा खेल्दै सन्दीप लामिछाने

सन्दीपले सबै अन्तर्राष्ट्रिय फेन्चाइज लिग गरिद ५० विकेट भन्दा बढि लिन सफल भएका छन् । एक वर्षमानै २ करोड भन्दा बढि कमाई सकेका छन् । विग ब्यास र आईपीएल जस्ता विश्वप्रसिद्ध लिग खेल्ने नेपाली खेलाडीको लागि एक सपना जस्तै हो । सन्दीपको फेन्चाइज लिगमा निरन्तर उत्कृष्ट प्रर्दशन गर्दा यो वर्ष अझ विशेष र उत्कृष्ट रह्यो ।

April 20, 2024

सुदूरपश्चिमको पहिलो जित, गण्डकी पराजित

काठमाडौं (हाम्रो खेलकुद) –सुदूर पश्चिमप्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा पहिलो जित हासिल गरेको छ। सुदूरले गण्डकी प्रदेशलाई ९ विकेटको फराकिलो अन्तरमा हराउँदै अंकको खाता खोलेको हो। सुदूरको जितमा अभिषेक पालले ४९ रन जोडे। उनी अर्धशतकबाट मात्र १ रनले चुके। जितको लागि १ सय १८ रनको सहज विजय लक्ष्य सुदरले १९ ओभरमा मात्र १ […]

April 20, 2024

छ महिला क्रिकेटरले मलेसियाको सुपर वुमन्स कप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मासहित ६ क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार इन्दुसहित पूर्व कप्तान रूबिना क्षेत्री, सिता राना मगर, पुजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका हुन्। मलेसिया क्रिकेट संघले अप्रिल २४ देखि  मे ५ सम्म […]

April 20, 2024

तेस्रो स्थानका लागि नेपाल हङकङविरुद्ध भिड्दै

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत सेमिफाइनलबाट बाहिरिएको नेपालले तेस्रो स्थानका लागि आज हङकङ विरुद्ध खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे अल अमेरात क्रिकेट मैदानमा हुनेछ । एसिया कप पुग्ने सम्भावना सकिएपनि आजको खेलको विजेता एसिसि इमर्जिङ एसिया कपमा छनोट हुनेछ । इमर्जिङ एसिया कपमा प्रिमियर कपका शीर्ष तीन […]

Success

Thank you for your time.