6 years ago
April 16, 2019
एजेन्सी – नेपालले आईसीसी यू-१९ विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको चौथो खेलमा ओमानलाई १ सय ५० रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
२ सय ३० रनको विजयी लक्ष्य पछ्याएको ओमान ४४.१ ओभरमा अल आउट हुँदै ७९ रनमा समेटियो । ओमानका लागि अमनप्रित सिराह र जिल तन्नाले समान १३ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । नेपाली बलरको कसिलो बलिङ सामु ओमानका ९ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न नसकि पेभिलिएन फर्के ।
११ औं ओभरको चौथो बलमा एडील अब्बासलाई ८ रनमा पवन सरार्फले भिम सार्कीबाट क्याच गराउँदै नेपाललाई पहिलो सफलता दिलाए । अब्बास आउट भएसँगै ओमानको निरन्तर विकेट गुमि रह्यो । १२ औं ओभरको तेस्रो बलमा कुशल मल्लले अजाम अलीलाई ८ रनमा बोल्ड आउट गरे । १३ औं ओभरको पाँचौ बलमा नेभ पोजरीलाई पवन सरार्फले १ रनमा पेभिलिएन फर्काए ।
भिमले १६ औं ओभरको चौथो बलमा कप्तान प्रथमेश कुम्बलेलाई सन्दीप जोराबाट ५ रनमा आउट गरेपछि नेपालको फराकिलो निश्चित बनेको थियो । नवौं विकेटका लागि अमनप्रित सिराह र जिल तन्नाले १९ रनको साझेदारी गर्दै हारको अन्तर घटाए ।
ओमानमा यस मेहता ३,अमनप्रित सिराह ८,मुजाहिर राजा शुन्य,जोइल बिजु ५,अर्जुन सरिथा ८ र सन्जय रविन्द्र २ रनमा आउट भए ।
नेपाललाई फराकिलो जित दिलाउन पवन सरार्फले १० ओभरमा २ मेडन सहित २४ रन खर्चेर ३ विकेट लिए । प्रतिस जिसी र सुर्य तामाङको नाममा समान दुई विकेट रह्यो । त्यस्तै कमलसिंह ऐरी,कुशल मल्ल र भिम सार्कीले समान १ विकेट लिए ।
त्यस अघि क्वालालाम्पुरमा टस हारेर ब्याटिङ थालेको नेपाल ४३.२ ओभरमा अल आउट हुँदै २ सय २९ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ८१ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ७५ रनको महत्वपूर्ण योगदान दिए । रोहितलाई ३५ ओभरको पाँचौ बलमा आजम अलीले मेहताबाट क्याच गराए । त्यस्तै भिम सार्कीले ४३ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३९ रन बटुले । कुनै समय ८१ – ५ को कमजोर अवस्थामा पुगेको नेपाललाई रोहित र भिमले छैटौैं विकेटका लागि ९२ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए ।
नेपाललाई बलियो अवस्थामा पुर्याउन प्रतिस जिसीले आक्रमक ब्याटिङ गरे । प्रतिसले २३ बलमा २ चौका र ४ छक्का सहित ४१ रन बटुलेपछि नेपालले बलियो योगफल तयार पार्न सफल भएको थियो । अन्तिम विकेटका लागि प्रतिस र सुर्य तामाङले ५१ रनको साझेदारी गरे । सुर्य तामाङ ७ रनमा अविजित रहे ।
दोस्रो ओभरको अन्तिम बलमा मुजाहिर राजाले पवन सरार्फलाई ५ रनमा एलवी डब्लू आउट गरे । ९ औं ओभरको पहिलो बलमा यस मेहताले रित गौतमलाई १० रनमा क्याच आउट गराए । १६ औं ओभरमो चौथो बलमा रविन्द्रले अभिषेक बस्नेतलाई १५ रनमा बोल्ड आउट गरे । १९ औं ओभरको दोस्रोे बलमा प्रथमेश कुम्बलेले सन्दीप जोरालाई मेहताबाट क्याच गराउँदै ४ रनमा पेभिलिएन फकाए ।
२० औं ओभरको अन्तिम बलमा रविन्द्रले हरि वहादुर चौहानलाई २ रनमा क्याच आउट गराएपछि नेपाल ८१ – ५ को कमजोर अवस्थामा पुगेको थियो । कुशल मल्ल २,कमलसिंह ऐरी १ रनमा आउट भए । ओमानका जिल तन्ना,आजम अली, सन्जय रविन्द्र र मुजाहिर राजाले समान दुई विकेट लिए । त्यस्तै यस मेहता र प्रथमेश कुम्बले नाममा समान १ विकेट रह्यो ।
पहिलो खेलमा नेपालले सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गर्दा दोस्रो खेलमा युएईसँग १ रनले पराजित भएको थियो । तेस्रो खेलमा मलेसियालाई ८ विकेटले पराजित गरेको नेपालले आफ्नो अन्तिम खेल विहिवार कुवेतसँग खेल्ने छ । बिहिवारनै यूएई र ओमान भिड्ने छन् । ओमान विजयी भएको खण्डमा नेट रन रेटले यूएई लाईपछि पार्दै नेपाल विश्वकपको लागि छनोट हुन सक्ने अंकगणीतिय संभावना रहेको छ ।
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवार पनि दुई खेल हुनेछन् । एनपिएलमा आज २२औं तथा २३औं खेल हुँदैछ । पहिलो खेलमा अंक तालिकामा चौथो स्थानमा रहेको कर्णाली याक्स र सातौं स्थानको लुम्बिनी लायन्सबीच खेल हुदैछ । कीर्तिपुरस्थित टियु मैदानमा पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ। कर्णालीले ५ खेलमा ६ अंक […]
December 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – चितवन राइनोजले युएईका अलराउन्डर बासिल हमिदलाई बाँकी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) को लागि टोलीमा भित्र्याएको छ । विदेशी खेलाडीका रुपमा चितवनले हमिदलाई टोलीमा भित्र्याएको बिहीवार जनाएको छ । हमिदले युएईको लागि निरन्तर प्रभाव पार्दै आएका छन् । उनले टी ट्वान्टीमा ७० खेल्दै ८ सय ५८ रन बनाउनुको साथै ३८ विकेट लिएका छन् […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिजका महान पूर्व क्रिकेटर ब्रायन लारा शुक्रवार नेपाल आइपुग्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले लारा शुक्रवार बिहान ८ः२० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने बिहीवार प्रेस विज्ञप्ति मार्फत जनाएको छ । क्यानका अनुसार लारा जारी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) मा सहभागी हुन नेपाल आउन लागेका हुन् । एनपिएल कै […]