7 years ago
April 16, 2019
काठमाडौं (हाम्रो खेलुकद) – मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा दोस्रो संस्करणको प्रदेश स्तरीय राष्ट्रिय यु–१६ क्रिकेट प्रतियोगिता वैशाख तेस्रो साता आयोजना हुने भएको छ ।

आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टरले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै दोस्रो संस्करणको प्रतियोगिता वैशाख १८ गतेबाट २४ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने जानकारी गराएको हो ।
३० ओभरमा हुने प्रतियोगितामा सात प्रदेशका यु–१६ टोलीले प्रतिस्पर्धा गर्नेछ । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिनेछ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ ।
राष्ट्रिय स्तरको प्रतियोगिताको लागि युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको स्कुल यु–१६ क्रिकेट प्रतियोगितामा गरिएको खेलाडी छनोटलाई आधार मानेर टिम निर्माण गरिनेछ ।
प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाका साथै सोही बराबरीको खेल सामग्री प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले १ लाख २५ हजार रुपैया र सोही बराबरको खेल सामग्री प्राप्त गर्ने सेन्टरका अध्यक्ष ठाकुर गैरेले पत्रकार सम्मेलनमा जानकारी गराए ।
म्यान अफ दि सिरिज, वेस्ट बलर, बेस्ट ब्याट्सम्यान र इमर्जिङ खेलाडीलाई खेल सामग्री प्रदान गरिने छ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]