default_image

7 years ago

April 16, 2019

राहुलको अर्धशतकमा पन्जावको बलियो योगफल

121 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ३२ औं खेलमा किंग्स इलाभेन पन्जावले राजस्थान रोयल्सलाई १ सय ८३ रनको लक्ष्य दिएको छ ।

घरेलु मैदान मोहालीमा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जावले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८२ रन बनायो । पन्जावका लागि केएल राहुलले ५२ रन बनाए । १८ ओभरको पहिलो बलमा जयदेव उनादकटले जोफ्रा आर्चरबाट क्याच आउट गराउनु अघि राहुलले ४७ बलमा ३ चौका र २ छक्का प्रहार गरे । कप्तान रविचन्द्र आश्विनले अन्तिम ओभरमा धवन कुलकर्णीलाई २ छक्का र १ चौका सहित १८ रन बटुले । आश्विनले ४ बलमा २ छक्का र १ चौका सहित १७ रनमा नट आउट रहे ।

डेविड मिलर २७ बलमा समान २ चौका र छक्का प्रहार गर्दै ४० रनमा आउट भए । तेस्रो विकेटका लागि राहुल र मिलरले ८.३ ओभर भित्र ८५ रनको साझेदारी गर्दै पन्जावलाई बलियो योगफल सम्म युर्याएका थिए ।

छैटौं ओभरको चौथो बलमा जोफ्रा आर्चरले सन्जु स्यामसनबाट क्याच आउट गराउनु अघि क्रिस गेलले २२ बलमा ३ छक्का र २ चौका सहित ३० रन बटुले । त्यस्तै नवौं ओभरको चौथो बलमा ईश सोधीले आर्चरबाट क्याच गराउनु अघि मयंक अग्रवालले १२ बलमा २ छक्का र १ चौका प्रहार गर्दै २६ रन बटुले ।

निकोलस पुरन ५ र मन्दीप सिंह शुन्यमा आउट भए । राजस्थानका लागि जोफ्रा आर्चरले ४ ओभरमा १५ रन खर्चेर ३, ईश सोधी,जयदेव उनादकट र धवन कुलकर्णीले समान १ विकेट लिए ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.