7 years ago
April 17, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ३३ औं खेलमा आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावादबीच प्रतिस्प्रर्धा हुँदै छ ।

खेल नेपाली समय अनुसार बेलुका ८ : १५ बजे हैदरावादको घरेलु मैदान राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । गत वर्ष हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नईले उपाधि जितेको थियो ।
जारी आइपिएलमा अनुभवी खेलाडीले भरिएको चेन्नई सर्वाधिक बलियो र उपाधिको दाबेदार टोली मानिएको छ । हैदरावाद पछिल्ला तीन खेलमा लगातार पराजित भएको छ । चेन्नई भने प्ले अफ नजिक छ ।
८ खेलमा ७ मा जित र १ मा हार ब्यहोरेको चेन्नई १४ अंकका साथ शीर्ष स्थानमा रहेको छ । हैदरावाद ७ खेलमा ४ मा हार र ३ मा जितका साथ ६ अंक जोड्दै छैटौं स्थानमा छ । अघिल्लो चरणको यात्रा बलियो बनाउन हैदरावादलाई जित्नै पर्ने दबाब छ ।
ओपनर जोनी बेयरस्ट्रो र डेभिड वार्नरले उत्कृष्ट प्रर्दशन गरेपनि टोलीको मध्यक्रम र तल्लो क्रम चल्न नसक्दा हैदरावाद संकटमा रहँदै आएको छ । चेन्नईका इमरान ताहिर,महेन्द्र सिंह धोनी,हरभजन सिंह,रविन्द्र जडेजा,शेन वाटशन,सुरेश रैनाले राम्रो लयमा छन् ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]