7 years ago
April 17, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले मलेसियामा जारी आईसीसी यू १९ विश्वकप एसिया छनोट पार गर्ने आशा गरिएको थियो । सुरुवात पनि त्यहि हिसाबले गरेको नेपालको आशा त्यति बेला कठिन बन्यो जति बेला बर्षाबाट प्रभावित युएईसँगको खेल डिएलका आधारमा १ रनले पराजित भयो ।

दोस्रो खेलको त्यहि हारले नेपालको यस पटक विश्व कप खेल्ने सपना अधुरो हुन सक्ने सम्भावना बढेको छ । राउन्ड रोविन लिगपछि शीर्षस्थानमा रहने टोली अर्को वर्ष दक्षिण अफ्रिकामा आयोजना हुने यु १९ विश्व कपका लागि छनोट हुनेछ ।
अर्को बलियो टोली युएईसँगको त्यो एक रनको हार नेपालका लागि महंगो सावित भएको छ । नेपालले अन्तिम खेल बिहीबार कुवेतसँग खेल्दैछ । पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले हराएको नेपालले तेस्रो खेलमा मलेसियालाई ८ विकेटले र चौथो खेलमा ओमानलाई १ सय ५० रनको फराकिलो अन्तरले हराएको थियो ।
आयोजक मलेसिया,नेपाल,यूएई,सिंगापुर,ओमान र कुवेत सहित ६ राष्ट्रिले प्रतिस्प्रर्धा गरि छनोट बिहीबार सकिदैछ । अंक तालिकाको शीर्षस्थानमा रहने टोलीले विश्वकपमा स्थान पाउने छ । सिंगापुर,मलेसिया र ओमानको विश्वकप खेल्ने सपना समाप्त भई सकेको छ ।
युएई ४ खेलमा ४ मा नै जित निकाल्दै शीर्ष स्थानमा छ । बिहीबार अन्तिम खेलमा ओमानलाई हराए युएई विश्व कपका लागि छनोट हुनेछ । त्यो अवस्थामा नेपाल स्वतः बाहिरिने छ । तर ओमानले युएईलाई पराजित गरेको खण्डमा र यता नेपालले कुवेतलाई हराए दुबैको समान ८ अंक हुनेछ । त्यो अवस्थामा नेट रन रेटका आधारमा विश्व कप पुग्ने टोलीको छनोट हुनेछ । नेट रन रेट यूएईको भन्दा नेपालको राम्रो छ ।
जारी प्रतियोगिताको प्रर्दशन हेर्दा ओमान भन्दा युएई बलियो टोली हो । ओमान ४ खेल मध्ये ३ हार र मा १ जित निकालेको छ । ओमान पहिलो खेलमा कुवेतसँग ८ विकेट पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा मलेसियालाई ४६ रनले पराजित गरेको थियो । तेस्रो खेलमा सिंगापुरसँग ५ विकेट र चौथो खेलमा नेपालसँग १ सय ५० रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरि सकेको छ । ओमानका लागि युएईसँगको खेल प्रतिष्ठाको लडाईमात्र हुने छ ।
यता यूएईले मलेसियालाई ५ विकेट,नेपाललाई १ रन,कुवेतलाई ७ विकेट र सिंगापुरलाई ९ विकेटले हराउँदै विश्वकप नजिक छ । ओमानलाई पराजित गरे यूएई विश्वकपको लागि छनोट हुने छ । नेपालको विश्वपक खेल्ने सपना ओमानको नतिजामा पूर्णरुपमा निर्भर छ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]