7 years ago
April 17, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) को ३३ औं खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदरावादलाई १ सय ३३ रनको लक्ष्य दिएको छ । हैदरावादको घरेलु मैदान राजीव गान्धी इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थाल्ने निर्णय गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा मात्र १ सय ३२ रन बनायो ।

चेन्नईका लागि ओपनर फाफ डु प्लेसिसले ३१ बलमा समान ३ चौका र छक्का प्रहार गर्दै सर्वाधिक ४५ रन बनाए । त्यस्तै अर्का ओपनर शेन वाटशनले २९ बलमा ४ चौका सहित ३१ रन बटुले ।
ओपनर वाटशन र डु प्लेसिसले पहिलो विकेटका लागि ९.५ ओभरमा ७९ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । सहवाज नदिमले वाटशनलाई बोल्ड आउट गर्दै साझेदारी तोडे ।
लगत्तै ११ ओभरको तेस्रो बलमा डु प्लेसिसलाई विजय शंकरले जोनी बेयरस्टोबाट क्याच आउट गराए । दुबै ओपनर आउट भएसँगै चेन्नईनले सुस्त गतिमा रन जाडेको थियो । मिडिल अडरका कार्यवाहक कप्तान सुरेश रैना १३,केदार जाधव १ र साम बिलिङ्स शुन्यमा आउट भए ।
आम्बाती रायुडु २५ र रविन्द्र जडेजा २० बलमा १० रनमा अविजित रहे । हैदरावादका लागि राशिद खानले २,सहवाज नदीम,खलिल अहमद र विजय शंकरले समान एक विकेट हात पारे । नियमित कप्तान महेन्द्र सिंह धोनीलाई आराम दिएको खेलमा सुरेश रैनाले कप्तानी गरेका छन् ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]