7 years ago
April 29, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ४८ औं खेलमा सनराइजर्स हैदरावादले किंग्स इलाभेन पन्जावलाई २ सय १३ रनको विशाल लक्ष्य दिएको छ ।

घरेलु मैदान राजिभ गान्धी इन्टरनेशनल स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १२ रन बनायो ।
हैदरावादलाई विशाल योगफल तयार पार्न जारी सिजनको अन्तिम आईपीएल खेलि रहेका ओपनर डेविड वार्नरले ८१ रनको महत्वपूर्ण इनिङ्स खेले । १६ ओभरको अन्तिम बलमा रविचन्द्र आश्विनले मुजिव उर रहमानबाट क्याच गराउनु अघि उनले ५६ बलमा ७ चौका र २ छक्का प्रहार गरे ।
रिद्धीमान शाह २८,मनिष पान्डे ३६ र केन विलियम्सन १४ रनमा आउट भए । तल्लोक्रमका मोहम्मद नाबी २०,राशिद खान १ रनमा आउट हुँदा विजय शंकर ७ र अभिषेक शर्मा ५ रनमा अविजित रहे ।
पन्जावका लागि रविचन्द्र आश्विन र मोहम्मद सामीले समान २ विकेट लिए । त्यस्तै मुरुगन आश्विन र अक्षयदिप सिंहको नाममा समान १ विकेट रह्यो ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]