default_image

5 years ago

May 6, 2019

पाकिस्तानमाथि इंग्ल्यान्डको सहज जित

एजेन्सी – पाकिस्तानसँगको एक मात्र टी ट्वान्टी खेलमा घरेलु टोली इंग्ल्यान्डले सहज जित निकालेको छ । आईतबार राती सम्पन्न खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ७ विकेटले हराएको हो । १ सय ७४ रनको विजयी लक्ष्य इंग्ल्यान्डले ४ बल अगाडीनै ३ विकेटको क्षतिमा पुरा गर्यो । इंग्ल्यान्डका कप्तान ओइन मोर्गनले २९ बलमा ५ चौका र ३ छक्का सहित […]

29 views

0 Bookmark

एजेन्सी – पाकिस्तानसँगको एक मात्र टी ट्वान्टी खेलमा घरेलु टोली इंग्ल्यान्डले सहज जित निकालेको छ । आईतबार राती सम्पन्न खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ७ विकेटले हराएको हो । १ सय ७४ रनको विजयी लक्ष्य इंग्ल्यान्डले ४ बल अगाडीनै ३ विकेटको क्षतिमा पुरा गर्यो ।

इंग्ल्यान्डका कप्तान ओइन मोर्गनले २९ बलमा ५ चौका र ३ छक्का सहित ५७ रनमा अविजित रहे । जेम्स भिन्स ३६, जो रुट ४७ रनमा आउट हुँदा जो डेनली २० रनमा अविजित रहे । पाकिस्तानका लागि हसन अली,इमाद वासिम र शाहिद साह अफ्रिदीले समान १ विकेट लिए ।

त्यस अघि जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७३ रन बनाएको थियो । पाकिस्तानका लागि ओपनर बाबर आजमले ४२ बलमा ५ चौका र ३ छक्का सहित ६५,इमाद वासिम १८,फहिम असरार्फ १७,आसिफ अली ३,फकार जमान र इमाम उल हकले समान ७ रन जोडे । त्यस्तै ह्यारिस सोहेलले ३६ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ५० रनको योगदान दिए ।

इंग्ल्यान्डका लागि टी ट्वान्टी क्रिकेटमा यसै खेलबाट डेब्यू गरेका जोफ्रा आर्चरले २,टम करन र क्रिस जोर्डनले समान १ विकेट लिए । पाकिस्तान र इंग्ल्यान्डबीच अव पाँच ओडीआई सिरिजको हुने छ । पहिलो खेल आगमी बुधबार हुने छ ।

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.