default_image

7 years ago

May 7, 2019

बेंगलोरले रिलिज गर्नसक्ने ६ खेलाडी

153 views

0 Bookmark

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) बाट लिग चरणबाटै बाहिरि सकेको छ । वीरत कोहलीको नेतृत्वमा रहेको बेंगलोरले १४ खेलमा ५ मा जित र ८ मा हारका साथ १२ औं संस्करणको आईपीएल अन्त्य गरेको हो ।

बेंगलोर आगमी वर्ष उपाधि जित्ने लक्ष्यका साथ टोलीमा व्यापक फेरबदल सहित आउने सम्भावना बलियो रहेको छ । खेलाडी अनुसारको प्रर्दशन गर्न नसक्नु बेंगलोरको ठूलो समस्या बन्दै आएकोछ । भारतीय टोलीका समेत कप्तान रहेका कप्तान कोहली, एबी डी भिलियर्स, युजवेन्द्र चहल, उमेश यादव, टीम साउथी जस्ता खेलाडी रहेको बेंगलोर लिग चरणबाटै बाहिरिनु आफैंमा दुखद कुरा मानिन्छ ।

बेंगलोरले आगामी संस्करणमा खेलाडीमा निकै फेरबदल गर्न सक्ने अनुमान गरिएको छ । यस सिजनमा खराब प्रर्दशन गरेका खेलाडीलाई रिलिज गर्दै नयाँ खेलाडीलाई अनुबन्ध गर्ने निश्चित जस्तै छ । यो सिजनमा खराव प्रर्दशन गर्ने यी ६ खेलाडी जसलाई बेंगलोरले आगमी संस्करणको अक्सन अघि रिलिज गर्न सक्छ ।

६. अक्षदीप नाथ

बेंगलोरले नाथलाई अक्सनमा ३.६ करोड रुपैंया खर्च गरेर टोलीमा अनुबन्ध गरेको थियो । वैकल्पिक विकेटकीपरको रुपमा हेरिएका नाथले यो सिजनमा ८ खेल खेल्ने मौका पाए । तर उनको प्रर्दशन सम्झनलायक रहेन । नाथले ८ खेलमा १२.२० को औसतमा मात्र ६० रन बनाए । जसको कारण आगमी संस्करणमा बेंगलोरले नाथलाई रिलिज गर्न सक्छ ।

५. शिवम दुबे

युवा अल राउण्डर दुबेबाट बेंगलोरमात्र होइन समर्थकले पनि ठूलो आसा गरेका थिए । अक्सनमा बेंगलोरले उनलाई ५ करोड रुपैंया खर्चेर अनुबन्ध गरेको थियो । तर उनको प्रर्दशन खराब रह्यो । ४ खेलमा ४० रन बनाएका दुबेले कुनै पनि विकेट लिन सकेनन् । जसको कारण बेंगलोरले आगमी वर्ष उनलाई रिलिज गर्दै अर्को नयाँ खेलाडी टोलीमा अनुबन्ध गर्न सक्छ ।

४. कोलिन डी ग्रान्डहोम

डी ग्रान्डहोम जस्ता खेलाडी चल्न नसक्नु बेंगलोरको लागि दुर्भाग्य हो । विश्व क्रिकेटमा उत्कृष्ट अलराउन्डरको छवी बनाएका न्युजिल्यान्डका ओपनर होमलाई आगामी संस्करणमा बेंगलोरले रिलिज गर्न सक्छ । ४ खेलमा उनले ४६ रन मात्र बनाउन सके । बलिङतर्फ झण्डै ११ को औसतमा रन खर्चिदा कुनै विकेट लिन सकेनन् । यो सिजिनमा खराब प्रर्दशन गरेका कोलिन डी ग्रान्डहोमलाई बेंगलोरले आगमी वर्ष रिलिज गर्न सक्छ ।

३. पवन नेगी

गत वर्ष उत्कृष्ट प्रर्दशन गरेपछि नेगीलाई बेंगलोरले यो सिजनमा रिटेन गरेको थियो । तर उनको प्रर्दशन खराब रह्यो । सन् २०१६ मा ८.५ करोड खर्चेर टोलीमा उनलाई भित्र्याएको थियो । यस आईपीएलमा उनले ७ खेलमा मात्र ९ रन बनाउनुको साथै मात्र ३ विकेट लिए । यस अर्थमा आगामी सिजनमा बेंगलोरले नेगीलाई रिलिज गर्ने उच्च संभावना देखिन्छ ।

२. टिम साउदी

न्युजिल्यान्डका तीब्र गतिका बलर साउदीको प्रर्दशन पनि खराब रह्यो । नाथन कुटर नाईल चोटका कारण बाहिरिएपछि उनले टोलीमा मौका पाएका थिए । उनले ३ खेलमा १ विकेट लिए । इकोनमीक रेट १३ भन्दा माथि रह्यो । बेंगलोरले आगमी वर्ष साउदीलाई रिलिज गर्दै नयाँ तीव्र गतिको बलरलाई टोलीमा अनुबन्ध गर्न सक्छ ।

१. उमेश यादव

भारतीय टोलीका तीव्र गतिका बलर उमेश यादव चल्न नसक्नु बेंगलोरको बलिङ कमजोर सावित हुनुको प्रमुख कारण हो । गत वर्ष उत्कृष्ट प्रर्दशन गरेका यादवले यो वर्ष भने खराब प्रर्दशन गरे । यो सिजनमा यादवले ११ खेलमा मात्र ८ विकेट लिन सके । डेथ ओभरमा यादव धेरै पटक महँगो सावित हुँदा बेंगलोर पराजित हुन पुग्यो । उनको इकोनमी ९.८ रहेको छ । जसको कारण आगमी सिजनमा यादवलाई बेंगलोरले रिलिज गर्न सक्छ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.